पुरानै नेतृत्वलाई निरन्तरता दिँदै एमाओवादीको महाधिवेशन सकियो
हेटौँडा, २६ माघ/ पुरानै नेतृत्वलाई
निरन्तरता दिँदै गत २० गतेदेखि मकवानपुरको हेटौँडामा जारी एकीकृत नेकपा
माओवादीको महाधिवेशन सम्पन्न भएको छ ।
एकीकृत माओवादीको हेटाँैडा
महाधिवेशनले पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामै नयाँ केन्द्रीय समिति
गठन गरेको हो । उपाध्यक्षहरूमा पनि डा. बाबुराम भट्टराई र नारायणकाजी
श्रेष्ठलाई नै निरन्तरता दिएको छ ।
तर, सचिव पोष्टबहादुर बोगटीलाई भने
महासचिवमा निर्वाचित गरिएको छ । महाधिवेशनले अमिक शेरचन संयोजक रहेको ६
सदस्यीय अनुशासन कमिटी गठन गरेको छ । बाँकी समानुपातिकमा पछि मनोनित गरिने
एकीकृत माओवादीले जनाएको छ ।
पदाधिकारी सम्पन्न भएसँगै अध्यक्ष
प्रचण्डले नयाँ कार्यसमितिको नाम सार्वजनिक गर्नुभएको हो । नवगठित
केन्द्रीय समितिमा ९९ जना सदस्य रहेका छन् ।
२० गते सुरु भएको महाधिवेशन हिजो नै
सकिने भए पनि केन्द्रीय सदस्यहरूको संख्याका विषयमा कुरा नमिल्दा एक दिन
लम्बिएर आज सम्पन्न भएको हो ।
![]() |




0 comments
Write Down Your Responses
Thanks for Your comment.