प्रहरी फन्दामा सुगम
लोकप्रिय गायकका रुपमा परिचित रहेका गायक
सुगम पोखरेल लागूऔषधको प्रयोगमा संलग्न रहेको अवस्थामा पक्राउ परेका छन् ।
प्रहरीले गोप्य सूचनाका आधारमा लागूऔषध प्रयोगकर्ताहरु भएको अखडा छापा मार्दा गायक पोखरेल पनि पक्राउ परेका हुन् ।
प्रहरीले गोप्य सूचनाका आधारमा लागूऔषध प्रयोगकर्ताहरु भएको अखडा छापा मार्दा गायक पोखरेल पनि पक्राउ परेका हुन् ।
लागु औषध प्रयोग अभियोगमा गायक सुगम
पोखरेलसहित सात जना पक्राउ परेको प्रहरी स्रोतले जनाएको छ । काठमाडौंको
मैतीदेवीस्थित सेतोपुलबाट पोखरेलसहित सातजना पक्राउ परेका हुन् । गायक
पोखरेलसँग पक्राउ पर्ने लागू औषध प्रयोगकर्ता भएको प्रहरीले दाबी गरेको छ ।
तर गायक पोखरेल भने लागूऔषध प्रयोगमा
संलग्न छन् छैनन् भन्ने विषयमा छानबिन भइरहेको प्रहरी स्रोतले बतायो ।
पक्राउ परेका पोखरेलको बारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ । प्रहरी
प्रवक्ता केशव अधिकारीका अनुसार लागू औषध प्रयोगकर्ताहरुलाई कानुनी कारवाही
अगाडि बढाइने छ ।
![]() |




0 comments
Write Down Your Responses
Thanks for Your comment.