पछिल्ला सामग्री :
सहमति नजुटे ठूलो दुर्भाग्य : प्रचण्ड

गोविन्द घिमिरे
चितवन, २७ माघ/
एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्वतन्त्र व्यक्ति वा प्रधानन्यायाधीशको नेतृत्वमा चुनावी सरकार बनाउने विषयमा सहमति नजुटे देशका लागि दुर्भाग्य हुने बताउनुभएको छ ।

राजनीतिक निकासको एक मात्र विकल्प स्वतन्त्र व्यक्ति वा प्रधानन्यायाधीशकै नेतृत्वमा चुनावी सरकार गठन गर्नु उत्तम विकल्प रहेको प्रचण्डको भनाइ छ । चितवनको शिवनगरमा आफ्नी ठूलीआमा देउरुपा दाहालको श्रद्धाञ्जलीसभामा अध्यक्ष प्रचण्डले सहमति जुट्नेमा आफू आशावादी रहेको बताउनुभयो ।

संकट समाधानका लागि आफ्नो पार्टी एकीकृत नेकपा माओबादी सदैव तयार रहेको भन्दै आन्दोलनलाई छाडेर वार्तामा आउन विपक्षी दलहरूलाई आग्रह गर्नुभयो ।

दलहरूबीच सहमति नजुटे मुलुकको निकासका लागि जनताले नै अन्तिम फैसला गर्ने भन्दै उहाँले जनताले गरेको फैसलालाई सबैले मान्नैपर्ने उल्लेख गर्नुभयो ।

IP

,

0 comments

Write Down Your Responses

Thanks for Your comment.