लघु कथा – (अधुरो सपना) I
सागर श्रेष्ठ - आज किन यस्तो भैराछ किन निन्द्रा लाग्दैन अधिकारी वाजेलाई निन्द्रादेवी रिसाएझै लाग्यो कहि भुल भएछ क्यार अनेक विन्ती शरण परिसके अझै केहि लागेन दिन भरीको चिसो वतासमा जिऊ करकर ति खाई राछ फेरी मन चनचल अत्यास पट्यार लागी सक्यो के गर्ने उता फर्किन्छ एता फर्किन्छ ऑखा बेस्मारी चिम्लेर आफैलाई भुल्न खोज्छ तर जति गरेपनि निन्द्राको छेक छन्दनै थिएन । एक एक गर्दै घर व्यवाहार छोराहरु वुहारीहरु नाती नातीनालाई सम्जनछन् सानो नाती र्भखर पॉचको लाग्दै छ ।
कान्छो मात्र घरमा तिन भाइ सन्तोष नै छ वुढालाइ कहिलेकहि छोराहरुको खटपटले गर्दा आफ्नै प्यारी संग जान पाए यो दिन त देख्न पर्थेन भन्ने हुन्थ्यो तर आजकल राम्रै छ दूइ भाइ काठमाण्डौ मै छन् संघर्षरत अध्यन पेसामा र एउटा सेनामा परिवार सगै । कान्छो घरमै छ भुत चडेको छ रेशम खेतीको पल्लो खरवारीको तल्लो भागमा किंवुका वेर्ना सार्दै छ कृषी पेशामै लगानी गरी नाम दाम कमाउछु भन्छ अस्तिपनि तालिममा गएको थियो । वुहारी त्यही गाउकै स्कुलमा मास्टरनी । हैन के हदैछ भगवान ।
सधियारेको एक प्रहरको निन्दा पु–याए जस्तो छ घ–याक्क ढोका खोलेको आवाज आउछ ।घडि ए हत्तेरीका झन भोली चाडै उठ्नु पर्ने मंगलवार गणेशको पुजामा जानु पर्ने अव त सुत्छु बा । सिरक घुम्लुङ ओढ्छ माउसुलीको आवाज जिब्रो फट्कारे झै सायद दुवै मिली सिकारमा निस्केका होलान् आज लाइट पनि छैन भोकै छन् जस्तो छ ।
हैन यो वज्यिा लामखुट्े पनि कानैमा घन्टी वजाउदै आउनु पर्ने अचम्म छ हिउद वर्षा सधै जिउन सक्ने वाह्ै मास भजन कृतन एक चोटी त रिस पनि उठ्यो भगवान सगं (किन) यस्ता परजिवीहरुलाइ सृस्टि गरेकोमा, हुनत जिवन हो आत्मा हुन्छ होला चाहे त्यो भिमकाय हरिया ह्वेल अनि अमिवानै किन नहोस् जिउनु छ संघर्ष गरेर ।
ति डायनासरहरु पनि संघर्ष गर्न नसकेर वातावरण अनुकुल नभएर त विनाश भएका हुन् । हैन मान्छेलाई झन धेरै संघर्ष गर्नु पर्छ जस्तो लाग्छ उसलाई , अचानक हैन हामीलाई झन गारो छ एउटा लामखुट्े चिच्याउछ कानैमा आएर पाजी मान्छे हो तहरुलाई दिमाग अनि भगवानले सवै दिएको छ र त तिमीहरु ठग्दै चोर्दै लुट्दै हिड्छौ खान लाउन धन सम्पत्ती भने पछि आफ्नै जन्मदिने आमा वा लाई त छाड्दैनौ अहिले सम्म के गरीस् तैले हामीलाई कति गारो छ । राता रात डुल्नु पर्छ एक छाकको लागी एकै सासमा वोल्यो ऊ ।
त मान्छे होइनस् त्यसैले थाहाछैन हाम्रो वारेमा किन टाङ अड्याउछस् ? नखोक धेरै सवै हिउद वर्षानै तिमीहरु सगै हुन्छु म तिमीहरुका हर कर्मलाइ नियाली राखेको हुन्छु म । जतीनै विज्ञानको चमत्कारको शस्त्र अस्त्र ल्याऊ , हाम्रो अस्त्विलाई नास्न सक्दैनौ वुभ्यौ ? ए प्रभु तिमीहरुको अस्तित्व ? हाम्रो त याहा हराउन लागी सक्यो तिमीहरुको । फेरी कसले हो र सिद्दयाउन लागेको आफै आफै त लडेर होनी । नत्र कसले विगार्न सक्छ तिमीहरुलाइ ? कोही खादा खादै कोलस्ट्रोल धेरै भएर मर्न लाग्छन् कोही खानै नपाएर कुपोषणको सिकारमा पर्छन् । अनि फेरी हामीलाई नै उसैको रगत चस्नु पर्छ वाध्यतामा नत्र कसरी जिउने धर्मको त पालन गर्नु प–यो हाम्रो धर्म हो अरुको रगत चुस्ने रस चुस्नु हाम्रो कर्म हो र त्यही धर्म पनि हामीलाई तिमीहरुले परजिवको संज्ञामा राखेका छौ नि । खुवै तिमीहरु कति परजिवी भन्दा पनि गिरेका पतित भष्ट्र छौ तलाई थाहा छ मानव जातको धर्म कर्म के हो ? थाहा छ तलाई ? त एउटा लामखुट्े भएर नसिका हाम्रो चोलाको वारेमा हामी सर्व श्रेष्ठ हौ तलाई तहरुलाई जे पनि गर्न सक्छौ ।
हामी मालीक हौ यो जगतका । हो यही अहमले त विग्रको छ नि । फेरी मुल नस्लो समात्छ के हामी त हौ , नत्र त होस् त ? हो वरु त भन्दा त हामी नै राम्रो संग वाचेका छौ । हाम्रो संसार देखेको छस् ? हामी कसरी जिउछौ हाम्रो माया ममता स्नेह सद्भाव वात्सल्यतालाई देखेको छस् ? के भन्ने तहरु त आफ्नैलाई मार्छौ अस्ति भर्खर देखिनस् पढिनस् हुनत मानव देह भए पो दानव भन्दा नि गए गुज्रेका छौ दानवहरु अस्तित्व वचाउन कत्रो तपस्या गरेरै भगवान सग वर मागी मागी उनिहरुलाई नै प्रहार गर्थे भगवान्लाई नै संकटमा पार्थे त्यो पनि धर्म हो उनिहरुको आफ्नो अस्त्विको आफ्नो वंशजको अस्त्विको लागि तर तिमीहरु भ्रुण हत्या ।
जन्माएर लावारीसे वच्चा फोहोरको डु.गुरमा पोको पारी फाल्छौ हामीलाई पापको भागीदार वनाउछौ हामीले पनि विवसतामा चस्नु पर्छ कति दिन पछि कमलो मीठो खान पाइएको हुन्छ । केहि त ख्याल गर मरे पछि कसरी सकल देखाउछौ ? नरकमा वास हुनेछ सवै मानवहरुको एक दिन र हाम्रो मात्र राज हुनेछ स्वर्गमा वुज्यौ हा हा हा ∕ भगवान् पनि कति पछुताएका छन् तिमीहरुलाई सृस्टि गरेर । त त झन पापी होस् आफ्नो अतित सम्जि पारो माथीनै पुग्छ एक्कासी वाजेको अहिले सम्म कसैले औला उठाउन नसकेको पाजी एउटा लामखुट्ेको यत्रो दुस्साहस ।
मार्छु यसलाई सके सम्मको वलले दइुहत्केलामा पारेर मार्छु एकैचोटी झन के के हो के के हत्यारा भन्दै सिलिङ हुदै पर उड्छ । मेरो कान दिमागको खिचडी नै पकाइसक्यो ऊ एक्कासी कान थुन्न पुग्छ भयो अव भयो वस् गर माफ गर्दे तैले जितीस् । एकै स्वास स्वा ।। हे भगवान् कस्तो सपना के हुदैछ यसो विस्तारा छाम्छ साच्चै जिउदो भएको खुशी हुन्छ । साचै कस्तो यो वार्तालाप एउटा वोल्न नसक्ने तुच्छ जिव संग कहिल्यै नदेखेको सपना । तिन वज्न लागेको रैछ लाइट वालेर हेर्छ भm्यालवाट हल्का चिसो हावा आएको भान वाहिर अझै कतै कतै कुकुरको लामो भुकाई अनि उल्लुका एकतारे आवाज फ.याउरो घर माथी नै आएर कराउछ मन ढक्क फुल्छ । ए वत्ती आएछ झ्यालबाट सानेको घरको वल्व देखिन्छ उठि सकेछन् वदमासहरु ।
उसले जिवन भरी गरेका कर्म हरु सम्जन्छ राम्रा नराम्रा एक पल्ट नातीलाई हेर्न मन लाग्छ एक मनले जाउक्यारे जस्तो लाग्छ तर सवैको मिठो निन्द्रा खल्वल्याउन चाहन्न पालुवा पलाउदा विहानीमा झन् निद्रा बेसी लाग्छ मायाले सुमसुम्याउछ । मोरो हजुर ववा भने पछि भुतुक्कै हुन्छ । एक छिन छोड्दैन हिजो पनि टिभी हेर्दा हेर्दै काखमै निदाएको थियो हजुरवाको सामान लठ्ठी झन अरुले छुनै हुन्न । कसैले मेरो हजुरबा भन्यो भने रोइहाल्छ । म नभए पछि के गर्ला मेरो राजाले मन मनै नातीलाई चुम्छ । राम्रा नराम्रा कुराका निस्र्कषमा पुग्छ साच्चै मानव भएर केहि गर्न नसकेकोमा आफैलाई धिर्काछ यो चोला पुन्य चोला तेसै खेर गएकोमा क्षमा गर्न सक्दैन वालापन अवोदमै यूवा मोज मस्ती अनि विस्तारै वुढ्यौली लाग्छ आफ्नै छोरा छोरी तेरो मेरा भन्दैमा जिवन वितेको थाहै हुदैन अरुलाई सोच्नै दिदैन मात्र मेरोमा नै जिवनको सेरो फेरो सिद्धिएको हुन्छ । वस् अव धेरै भो आफ्नो लागी जीएको अव छोरालाई भनेर सामाजीक कार्यमा भजन कृतनमा दिन विताउनु प्र्लाा नाती छोराहरुलाई जिवनको अर्थ सिकाउनु प.यो । विहानीको चिसो वतासले हल्का निन्द्राले च्याप्छ हे भगवान् माफ गर मैले केहि गर्न सकिन । अबको जिवन पुन्यकाममा नै व्यतित गर्छु कता कता प्यारी अर्धाङगाीनीलाई देखेजस्तो भान गर्दै वाजे सुस्ताउन खोज्छ ।
विहान नाती वाजेलाई उठाउन जान्छ वाजे उठ्नुन चीया पाक्यो क्या आमाले तल आउनलाई भन्नु भा छ ए वावु हजुरवुवालाई वोलार लेउत चाडै । म पनि जानु छ वारीतीर तरकारीलाई बा निस्सिक्नु भो गाउतिर विहानै बैठक रे । किन वाजे उठ्नु भएन आज सधै उठाउनुनै पर्थेन चार वजे नै उठेर माहाभारत अनि रामायणका स्लोक स्मरण गर्नु हुन्थ्यो । वुहारी मन मनै गुन्दै धन्दामा लागेकी हुन्छे ए आमा वाजे त उठ्नु भएन आउनुन । किन हो वोल्दा नि वोल्नु हुन्न हतार हतार कान्छी वुहारी कोठामा पुग्छिन् तर वाजे अर्कै दुनियामा पहिलेनै पुगि सकेको हुन्छ । चिर निन्द्रामा । सदाको लागी अर्कै संसारमा सबै अधुरा सपनाहरुलाई थाती राख्दै ।
अस्तु ।
श्यम्घा ६ तनहु
हाल कतार
![]() |



0 comments
Write Down Your Responses
Thanks for Your comment.