सरकार बाघ गणनामा व्यस्त
![]() |
काठमाडौँ : फरकफरक समयमा गणना गर्दा तथ्यांक फरक परेपछि सरकारले आज (सोमबार)देखि देशैभर एकैसाथ बाघको गणना सुरु गरेको छ ।
बाघ गणनाको उदघाटनका लागि गणकहरू शुक्लाफाँटा वन्यजन्तु आरक्ष कन्चनपुर पुगेको वन्यजन्तु विभागले जनाएको छ । वनमन्त्री यदुवंश झाले सुरु गरेको बाघ गणना क्यामरा ट्रयापिङको प्रयोगमा नेपाल र भारतका अधिकारीहरूको समन्वयमा भइरहेको हो ।
बाघ गणनाका लागि नेपालमा पाँच सय २० स्वचालित क्यामेरा प्रयोग गरिनेछ । सरकार सन् २०२० सम्ममा बाघको संख्या दोब्बर बनाउने अभियानमा छ । नेपालमा बाघ गणनासँगै भारतमा पनि सोमबारबाटै गणना थालिएको छ ।
यसअघि सन् २०१० को तथ्यांकअनुसार नेपालमा वयस्क बाघको संख्या १५५ थियो भने त्यसको संख्या बढेर अहिले १७६ पुग्ने अनुमान गरिएको छ ।
तस्वीर : फाइल ।

0 comments
Write Down Your Responses
Thanks for Your comment.