पछिल्ला सामग्री :
बालमजदुर न्युनिकरणका लागि जापानको सहयोग

काठमाडौं, १८ फागुन/ बालश्रम न्युनिकरणका लागि जापान सरकारले करिब ९६ लाख ३२ हजार रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ ।
 
जापानी गैरसरकारी संस्था साप्लानिर नेपाल मार्फत प्रदान गरिएको सहयोग काठमाडौं उपत्यकामा साना होटल तथा रेस्टुराँमा काम गर्ने बाल मजदुर घटाउन उपयोग गरिने छ ।
 
आज जापानी राजदूतावासमा आयोजित एक कार्यक्रममा नेपालस्थित जापानी राजदूतावासका कार्यवाहक राजदूत सूइची साका किबारा र साल्पानिरका नेपाल प्रतिनिधि माकी मियाहाराले यस सम्बन्धी सम्झौतामा हस्ताक्षर गर्नुभयो ।

साप्लानिरसँग मिलेर सिविन नेपालले दोस्रो चरणको कार्यक्रम अन्तर्गत यो क्षेत्रमा काम गर्न लागेको हो । साप्लानीरले सिविनसँग मिलेर पहिलो चरणमा काठमाडौँ, भक्तपुर र कीर्तिपुर नगरपालिकामा अनुसन्धान, वकालत र स्थानीय निकायमा बाल मजदुरका क्षेत्रमा काम गर्ने एकाईको स्थापनामा सहयोग गरेको थियो ।
IP

, ,

0 comments

Write Down Your Responses

Thanks for Your comment.