पछिल्ला सामग्री :
हङकङसँग नेपाल ६ विकेटले पराजित

काठमाडौँ, १४ चैत/ कीर्तिपुरस्थित त्रिवि मैदानमा जारी एसीसी टी–२० एलिट कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको दोस्रो खेलमा नेपाल हङकङसँग ६ विकेटले पराजित भएको छ ।

खेलमा नेपाल हङकङसँग ६ विकेटले पराजित भएको हो । निर्धारित २० ओभरको खेलमा नेपालले सबै विकेट गुमाएर हङकङसामु प्रस्तुत गरेको ११६ रनको लक्ष्य हङकङले १७ ओभरमा मात्र चार विकेट गुमाउँदै पूरा गरेको हो ।

पहिले ब्याटिङ थालेको नेपालले पूरै ओभर खेलेर ९ विकेटको क्षतिमा ११५ रन बनाएको थियो । खेलमा ज्ञानेन्द्र मल्लले सर्वाधिक ३८ रन तथा प्रदीप ऐरीले २१ र विनोद भण्डारीले १५ रन बनाउँदा शक्तिप्रसाद गौचनले ११ रनको योगदान गर्न भ्याए ।

अन्य खेलाडीले भने दोहोरो अङ्कको योगफल तयार पार्न सकेनन् । त्यसैगरी सुवास खकुरेल छ, पारस खड्का चार, शरद भेषवाकर र वसन्त रेग्मी समान पाँच तथा मन्जित श्रेष्ठ सात रनमा आउट भए । खेलमा वसन्त रेग्मीले तीन विकेट तथा शक्तिप्रसाद गौचनले एक विकेट लिएका थिए ।
IP

0 comments

Write Down Your Responses

Thanks for Your comment.