पछिल्ला सामग्री :
मतदाता दर्ताकार्यको कागजपत्र लुटियो

तनहुँ, १४ चैत/ नेकपा–माओवादीका कार्यकर्ताले जिल्लाको दुलेगौडा गाविसमा सुरु भएको फोटोसहितको मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यमा अवरोध गर्नुका साथै कागजपत्रसमेत लुटेका छन् ।

 दुलेगौडा गाविस भवनमा मङ्गलबारदेखि भएको सो कार्यमा माओवादीका कार्यकर्ताले सोही गाविसको वडा नं ७ को नामावली रहेको विवरण पुस्तिका लुटेका हुन् । यसअघि नै माओवादीले निर्वाचन प्रयोजनका लागि सञ्चालन गरिएको मतदाता नामावली अद्यावधि गर्ने कार्य बन्द गर्न गाविस सचिवलाई ज्ञापनपत्रसमेत बुझाएका थिए ।
IP

0 comments

Write Down Your Responses

Thanks for Your comment.