पछिल्ला सामग्री :
सेनाको यो कस्तो व्यवसाय


काठमाडौंमा पेट्रोलको सर्टेज छ । यसका विभिन्न कारण होलान् । नेपाल आयल निगमले भारतबाट पेट्रोल ल्याउँछ । कहिले भारत आयल निगमले बाँकी पैसा नतिरेको कारण नेपाललाई तेल दिदैंन भने कहिले आयल निगममा हुने हड्तालका कारण पनि तेलको अभाव हुन्छ ।

तर, जति नै अभाव भएपनि केही पम्पहरुमा भने तेल पाइन्छ । त्यही पम्पहरुमध्ये हो, भद्रकालीको सेनाको पम्प । नेपाली सेनाले पम्पबाट तेल बेच्नु विशुद्ध व्यवसाय हो । अन्य पम्पमा तेल नपाउँदा पनि सेनाको पम्पमा भने आयल निगमले प्राथमिकताका साथ तेल दिन्छ । त्यसैले, सेनाको पम्पमा प्रायः तेल अभाव हुँदैन । तर, सेनाको पम्पमा तेल हाल्दा हुने विभिन्न काम भने अचम्मका हुन्छन् ।
SENAKO PUMP
मोटरसाइकल लिएर सेनाको पम्पमा जानुस्, एउटा लाइनमा बस्नुपर्छ । कुपन काटेर आएपछि मात्र तेल हाल्न पाइन्छ । व्यवसायमा यो एउटा सिस्टम हो । यसले व्यवसायलाई पारदर्शीका साथै चुस्त बनाउन पनि सहयोग गर्दो हो । तेल बेच्नु सेनाको व्यवसाय नै हो । त्यसैले सेनाले व्यवसाय गर्न पाउँदैन भन्ने पनि हुँदैन । तर, सेनाको व्यवसाय गर्ने तरिका भने अचम्मको उदेकलाग्दो छ ।

मोटरसाइकलमा तपाईं सेनाको पम्पमा एकजना साथी लिएर जानुहोस् । साथीलाई त्यहाँ कार्यरत सेनाले झर्न आदेश दिन्छन् । उनी लुरुलुरु हिड्नुपर्छ । अगाडि नै मिलाएको खण्डमा भने उनी कुपन लिन जान सक्छन् । तर, यदि पैसा तपाईंसँगै छ र तपाईं नै कुपन काट्न जाने हो भने साथीले लुरुलुरु हिडेर पम्पको एरिया काट्नुपर्छ ।

तेल बेच्नु सेनाको विशुद्ध व्यवसाय हो । व्यवसायमा पनि यस्तो चाला ? भोलि सेनाले व्यवसायबाट नै केही गरौं भन्दै डिपार्टमेन्ट स्टोर खोल्ला । अब के त्यो डिपार्टमेन्ट स्टोरमा सामान किन्न श्रीमानश्रीमती जाँदा श्रीमान बाहिर बस्ने र श्रीमतीले सामान किनेर फर्किने ? सेनाको भद्रकाली पेट्रोल पम्पमा भएको जस्तो सिस्टमा विश्वका सायदै कुनै पनि मुलुकमा होला । व्यवसाय गर्ने यो नौलो तरिका होइन त ?

तेलका उपभोक्ता सेनाका ग्राहक हुन् । हामीले तेल हाल्ने हो भने मात्रै सेनाले फाइदा बनाउँछ र आफ्नो व्यवसायलाई फैलाउन सक्छ । तर, उपभोक्तालाई नै सास्ती दिने कस्तो व्यवसाय ? तर, हामी निरिह भएर सो सेवा लिइरहेका छौं । नेपालमा उपभोक्ताको पक्षमा वकालत गर्ने केही संघसंस्थाहरु प्नि नभएका होइनन् । तर, उनीहरु उपभोक्ताका कुरा त्यतिबेलामात्र उठाउँछन् जब कुनै सामानमा कमजोरी देखिन्छ । के उपभोक्ताको अधिकार सामान खरिद पछि मात्रै आउँछ ? खैर, छोडौं यी उपभोक्ता अधिकारका कुरा । लागौं, सेनाको नै व्यवसायतिर ।

ठूला व्यवसायी संस्थान तथा प्रतिष्ठानहरु आफ्ना ग्राहकलाई कसरी सजिलो बनाउने र कसरी धेरै मानिसहरु आफ्नो व्यवसायमा तान्ने भन्नेतिर लागिरहेका हुन्छन् । तर, नेपालका अधिकांश पेट्रोल पम्पको भने कथा फरक छ । उनीहरु कसरी हुन्छ साँझ पर्ने वित्तिकै पम्प बन्द आतुर देखिन्छन् । हुन त, उनीहरुलाई सुरक्षाको समस्या भयो होला । तर, भद्रकालीको सेनाको पम्प पनि ससांझै बन्द हुन्छ । सेनालाई पनि सुरक्षाकै खतरा पो हो कि ?

हम्रै छिमेकी मुलुक भारतकै महानगरहरूमा सार्वजनिक यातायातदेखि पेट्रोल पम्पजस्ता अतिआवश्यक सेवा चौबीसै घन्टा खुला रहन्छन् । एकजना यात्रु नभए पनि बस र रेल कुदाइरहनुपर्ने बाध्यात्मक व्यवस्था हुन्छ। पेट्रोल पम्पका हकमा सर्वसाधारणले आफूलाई चाहिएका बेला तेल भर्न पाउँछन्। अझ कति देशमा त क्रेडिट वा डेबिट कार्ड प्रयोग गरेर उपभोक्ता आफैंले तेल भर्नसक्ने सुविधा छ।

नेपालमा भने एकमात्र महानगर काठमाडौंका उपभोक्तालाई राति अबेर अपर्झट परे ट्याक्सी पाउनधरी गाह्रो हुन्छ। पेट्रोलियम पदार्थ खरिदमा कर तिर्ने जनताले भनेका बेला खरिद गर्न पनि पाउनुपर्छ । चाहिएका बेला तेल नपाउने ठाउँलाई पनि के महानगर भनिराख्नु रु त्यहाँमाथि सेनाको मनपरी हुने ठाउँमा पनि के व्यवसाय चलाइराख्नु ?
satyakura
IP

, ,

0 comments

Write Down Your Responses

Thanks for Your comment.