पछिल्ला सामग्री :
अन्तर्राष्ट्रिय कविता महोत्सवका विजयीलाई पुरस्कार

काठमाडौँ, १४ चैत/ नेपाली साहित्य प्रतिष्ठान, उत्तर अमेरिकाले अन्तर्राष्ट्रिय कविता महोत्सव, २०१२ मा विजयी भएका कविहरूलाई पुरस्कृत गरेको छ ।

महोत्सवमा प्रथम हुने भोजपुरका कवि गणेश खड्कालाई एक हजार अमेरिकी डलरको हेम सरिता पाठक भानुभक्त काव्य पुरस्कारबाट पुरस्कृत गरियो ।

यसैगरी द्वितीय हुने रामेछापका जीवन खत्रीले ३०० अमेरिकी डलर र तेस्रो हुने रूपन्देहीका श्रीजन शर्मा र नुवाकोटका कृष्णकिशु न्यौपानेलाई पनि तीन सय अमेरिकी डलरको पुरस्कार दिइयो ।

सो पुरस्कार आज यहाँ आयोजित कार्यक्रमबीच नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति वैरागी काइँलाले प्रदान गर्नुभएको हो । रासस
IP

, ,

0 comments

Write Down Your Responses

Thanks for Your comment.