पछिल्ला सामग्री :
पारस डिस्चार्ज, यसै साता नेपाल आउने


काठमाडौं, १५ चैत/ हृदयाघात भएपछि एक महिनादेखि बैंककमा उपचार गराइरहनुभएका पूर्वयुवराज पारस शाहको डिस्चार्ज भएको छ ।
बैंकको समितिभेज अस्पतालमा उपचाररत पूर्व युवराज पारसको अवस्था सामान्य बनेपछि आज डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ । डिस्चार्ज गरे पनि पारस अझै केही समय चिकित्सकको निगरानीमा बैंककमै रहनुपर्ने अस्पतालले जानकारी दिएको छ ।

यद्यपि पारसले भने केही समय चिकित्सकको निगरानीमा रहे पनि अर्कोसाता नेपाल फर्किने बताइएको छ । दोस्रोपटक हृदयाघात भएपछि उहाँलाई सिसियू र आइसियू कक्षमा राखी उपचार गराइएको थियो ।

पारसलाई हृदयघात भएपछि बैंकक पुगेको पूर्वराजपरिवार अहिले पनि बैंककमै रहेको छ ।
IP

,

0 comments

Write Down Your Responses

Thanks for Your comment.