पछिल्ला सामग्री :
मस्ती गर्ने सन्नीको चहना




एजेन्सी/ पोर्नस्टारबाट बलिउड नायिका बनेकी सन्नी लियोनीको चाहना अब बिस्तारै बढ्दै गएको छ । बलिउडमा आफ्नो स्थान सुरक्षित राख्नका लागि सन्नीले चर्चित नायकहरुको साहार लिने तयारी गरेकी छिन् ।

‘जिस्म–२’ मा अभिनय गरे पनि खासै सफलता हासिल नगरेपछि सन्नीको करिअर सोचेअनुसार फस्टाउन सकेको छैन । हालै मात्र ‘सुट आउट एट वाडला’मा एक आइटम नम्बरमा नृत्य गरेकी सन्नीलाई बलिउडका चर्चित नायक सलमान खान र रणवीर कपुरसँग अभिनय गर्ने मन छ ।

सन्नीले भनिन्, ‘मैले सलमानको ‘बडिगार्ड’ सिनेमा हेरेको छु र मलाई उनीसँग काम गर्न मन लागेको छ ।’ यस्तै उनले रणवीर कपुर र सलमान खानसँग काम गर्न मन लागेको खुलासा गरिन् । उनले बलिउडमा आफ्नो एक वर्ष सजिलैसँग बितेको बताउँदै यही दुनियाँमा रम्न मन लागेको इच्छा व्यक्त गरिन् ।

IP

,

0 comments

Write Down Your Responses

Thanks for Your comment.