चुनावमा सहभागी हुन रेग्मीको आह्वान
काठमाडौं/ अन्तरिम मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले आन्दोलनरत दलहरूलाई चुनावमा सहभागी हुन आह्वान गरेका छन् ।
रिपोर्टर्स क्लबको १५औँ वार्षिकोत्सवका अवसरमा शनिबार आयोजित कार्यक्रममा रेग्मीले असन्तुष्ट दलहरूलाई चुनावमा भाग लिन आह्वान गरेका हुन् । रेग्मीले अहिलेको प्रक्रियाको विरोध गर्नेहरूबाट सहयोग पाउने अपेक्षा व्यक्त गर्दै सरकारका तर्फबाट सक्नेजति माग पूरा गर्ने प्रतिबद्धता जनाए ।
संविधानसभा चुनावका विषयमा सडकमा सुनिएका विरोधका स्वरलाई आफूले रचनात्मक आलोचनाका रूपमा लिएर सकारात्मक वातावरण निर्माणमा लागेको पनि उनले बताए । लोकतन्त्रमा फरक मत राख्ने अभिव्यक्तिको स्वतन्त्रता हुने भए पनि त्यो चुनावबाट मात्र संस्थागत हुन सक्ने भन्दै रेग्मीले चुनावलाई समाधानका रूपमा लिएर अघि बढ्न आह्वान गरे ।
संविधानसभाको चुनाव गराएर संविधानसभाबाटै संविधान जारी भएको देख्न आफूहरू पनि आतुर भएको भन्दै रेग्मीले चुनावको प्रक्रियाले स्पष्ट दिशा लिएर अघि बढिसकेको बताए ।
कार्यक्रममा गृह तथा परराष्ट्रमन्त्री माधवप्रसाद घिमिरेले अहिलेको सरकारको मुख्य लक्ष्य नै संविधानसभाको चुनाव भएकाले त्यसका लागि वातावरण निर्माण गर्न सरकारले असहमति राख्नेहरूसँग संवाद सुरु गरेको बताए ।

![]() |

0 comments
Write Down Your Responses
Thanks for Your comment.