पछिल्ला सामग्री :
यथास्थितिमा वार्तामा जाँदैनौँ : वैद्य

भक्तपुर/ नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्य किरणले यथास्थितिमा सरकार र चार दलले बोलाएको वार्तामा नजाने बताएका छन् ।

भक्तपुरको मनोहरा सुकुम्बासी बस्तीमा शनिबार आयोजना गरिएको अखिल नेपाल क्रान्तिकारी सुकुम्बासी संघको दोस्रो राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै वैद्यले यथास्थितिमा कुनै पनि वार्तामा नजाने बताएका हुन् ।

अध्यक्ष वैद्यले खिलराज रेग्मी नेतृत्वको वर्तमान सरकार खारेजी र चार दलले गरेको ११बुँदे सहमति खारेज गरिए मात्र वार्तामा बस्ने जिकिर गरे । ‘अहिले चुनावको नौटंकी रचिएको छ, चार दलको सिन्डिकेटले १० वर्ष क्रान्ति गरेर आएको माओवादी पार्टीसहित २३ वटा पार्टीलाई निषेध गरेको छ,’ वैद्यले भने , ‘अन्तरिम संविधानको गलत ढंगले संशोधन गरेर १ चैतमा चारदलीय सहमतिका नाममा प्रधानन्यायाधीशलाई मन्त्रिपरिषद्को अध्यक्ष बनाएर नेपालको इतिहासमा अर्को ‘कू’ गरिएको छ ।’
IP

,

0 comments

Write Down Your Responses

Thanks for Your comment.