१३ वर्षअघि यस्ता थिए आजका चर्चित साइटहरू !
पछिल्लो
समयमा इन्टरनेट स्पिडमा वृद्धि भएसागै थ्रिडी वेबसाइटहरूसमेत विकसित
भइरहेका छन् । तर, १४ वर्षअघिका वेबसाइटहरूको कल्पना गरौँ, जुन वेला
इन्टरनेट सुरुआती अवस्थामा थियो र निकै स्लो थियो । उक्त समयमा गुगललाई कमै
मानिसले मात्रै चिनेका थिए । त्यस समयमा सर्चिङका लागि याहु डटकमको एक
छत्रराज थियो ।
www.google.com
सन् १९९६ मा गुगल डटकम सार्वजनिक गरिएको थियो । स्टेनफोर्ड युनिभर्सिटीका पिएचडी छात्रा लेरी पेज तथा सर्जे ब्रिनले यसको विकास गरेका थिए ।

www.facebook.com
सोसल नेटवर्किंग साइट फेसबुकको सुरुआत फेब्रुअरी २००४ मा भएको थियो । हाल यस साइटका करिब दश खर्ब प्रयोगकर्ता छन् । यद्यपि यसका आधाभन्दा बढी प्रयोगकर्ताहरूले मोबाइलमा प्रयोग गर्छन् । हावर्ड युनिभर्सिटीका मार्क जुकरवर्गले आफ्ना साथीहरूसँग मिलेर यसको सुरुआत गरेका थिए ।

www.yahoo.com
विश्वकै चर्चित वेबसाइट याहुको मुख्यालय क्यालिफोर्नियाको सनीविल्लेमा रहेको छ । गुगल सार्वजनिक भएपछि याहुको इन्टरनेट दुनियाँमा निकै गम्भीर धक्का लागेको छ । याहुले विश्वका ३० भन्दा धेरै भाषामा साइट सञ्चालन गरिरहेको छ । सन् १९९४ मा जेरी यंग तथा डेबिड फिलोले यसको सुरुआत गरेका थिए ।

www.apple.com
एप्पल इंकको सुरुआत संस्थापक स्टिभ जब्स तथा स्टिभ बोज्नियाकले गरेका थिए ।

www.msn.com
एमएसएनको पूरा नाम माइक्रोसफ्ट नेटवर्क हो । माइक्रोसफ्टको यो वेबसाइट एक इन्टरनेट पोर्टल हो । एमएसएन विश्वको १७औँ सबैभन्दा धेरै हेरिने साइटमा पर्ने गर्छ ।

www.twitter.com
माइक्रो ब्लगिङ साइटसमेत भनेर चिनिने ट्विटर सन् २००६ को जुलाईमा ज्याक डोर्सेले सुरु गरेका थिए । हाल यसका करिब पाँच सय मिलियनभन्दा धेरै प्रयोगकर्ता रहेका छन् ।
–अर्जुन राउत, एजेन्सीको सहयोगमा
![]() |

0 comments
Write Down Your Responses
Thanks for Your comment.