पछिल्ला सामग्री :
पानीको स्रोत सफा राख्न सके सबै स्वस्थ’ फोटो फिचर सहित ।



- खुल्ला ठांउमा शौच गर्नु मुख्य समस्या र चुनौति 
- मुहानदेखि मुख सम्म शुद्ध खानेपानी पुर्याऔं

कपिल ज्ञवाली
बुटवल, ९ चैत । पानीको स्रोत सफा र सुन्दर राख्न नसक्नु नै मानव जातीको ठूलो कमजोरी भएको सरोकारवालाले बताएका छन् । दुर्गन्धित पानी पिएकै कारण मानिसहरु ८० प्रतिशत रोगको सिकार बनिरहेको उनिहरुको तर्क छ ।






मुहानको शुद्ध पानी सर्बसाधारणले पिउने बेला सम्ममा मानविय कृयाकलापकै कारण दुर्गन्धित बनेको भन्दै सचेतता अपनाउनुपर्नेमा जोड दिए । बिश्व पानी दिबस २०१३ को अबसरमा बुटवल नगरपालिकामा आयोजित ‘खानेपानी सरसफाई तथा स्वच्छता ’ बिषयक अन्तरक्रियामा बोल्ने बक्ताहरुले आफ्नै कारण मानिसहरु रोगि बनेको बताए ।

उनिहरुले पानीका मुहान र जलधार क्षेत्रको संरक्षण गर्ने विषयमा सरकार पनि गम्भिर नभएको आरोप लगाए  । नेपाल ब्राजिलपछिको जलसम्पदामा विश्वको धनी देश भएपनि वन विनाश र जलवायु परिवर्तनका कारण पानीका मुहान सुक्न थालेको प्रति उनिहरुको चिन्ता थियो ।  नेपालमा मुहान र पानी संरक्षणका लागि उचित नीति नियम नभएका कारण पानी संरक्षणमा समस्या उत्पन्न भएको कतिपयको भनाई छ ।

पानी सम्पूर्ण मानव लगायत प्राणीको जीवन रक्षाको लागि महत्वपूर्ण तत्व मानिन्छ । रुपन्देही जिल्लाका स्थानिय बिकास अधिकारी पेशल कुमार पोख्रेलले खानेपानी,स्वास्थ्य र सरसफाई एक अर्काका पुरक भएको भन्दै सबैको महत्व बराबर रहेको बताउनुभयो ।

 उहाले रुपन्देहीलाई सन् २०१७ सम्ममा खुल्ला दिशामुक्त बनाउनका लागि सबैको समन्वयमा काम अगाडि बढाउनुपर्ने बताउनुभयो । ‘अभियानलाई सार्थकता दिनका लागि सबैको सहकार्य जरुरी छ’ ,उहाले भन्नुभयो — ‘ब्याक्तिले गरेर मात्र हुदैन, सिंगो समुदाय नै अभियानमा जुट्नुपर्छ ।’


पानीको मुख्य स्रोतलाई दुर्गन्धित बनाउन मानीसहरु नै प्रतिस्प्रर्धामा उत्रेको खानेपानी तथा सब डिभिजन कार्यालय योगिकुटीका प्रमुख नन्दलाल बञ्जाडेको भनाइ छ । उहाले मानिसहरुले बिभिन्न कारणले दिशा खाईरहेको तथ्याङ्क प्रस्तुत गर्दै सबैको घरमा शौचालय निर्माण गरि शौचालयको ब्यबस्थित प्रयोग गर्नुपर्ने बताउनुभयो ।


रुपन्देहीमा रहेका ६६ हजार हेण्डपम्पहरु रहेपनि ६५ प्रतिशत पम्पबाट जैबिक संक्रमण भएको पानी निस्किएकोले त्यो पानी खानै नहुने उहाको तर्क छ । जनसंख्या बढ्दो क्रममा छ तर पानीको स्रोत मासिदै छ । उहाको भनाई छ । उहाले रुपन्देही जिल्लाको सरसफाईको अबस्था नेपालको बाजुरा जिल्ला भन्दा पनि कमजोर रहेकाले आफूलाई लज्जा बोध भएको बताउनुभयो ।

खानेपानी तथा सब डिभिजन कार्यालय योगिकुटीका ईन्जिनियर धु्रर्ब धितालले खानेपानी सुरक्षा योजना जरुरी भएको भन्दै मुहानदेखि मुख सम्मको पानी सुरक्षित र शुद्धिकरणका लागि लाग्नुपर्ने बताउनुभयो ।उहाले आउं,हैजा,झाडापखाला,जण्डिस,जुका टाईफाईट जस्ता रोगहरु दुषित पानीकै कारण लाग्ने भन्दै पानी सुरक्षित बनाएमा रोगबाच बच्न सकिने बताउनुभयो । बुटवल नगरपालिकाका बरिष्ठ अधिकृत भूवा प्रसाद लुईटेलले नगरपालिकामा खानेपानीका सवालमा केहि राम्रा प्रयास गरिएको बताउदै अब तत्काल नया योजना र कामका साथ अगाडि बढ्ने उल्लेख गर्नुभयो । उहाले बुटवल नगरपालिकामा १ हजार ८ सय घरधुरीमा शौचालय नभएको बताउदै खुल्ला स्थानमा शौच गर्नेको संख्या ९ हजार रहेको बताउनुभयो ।
पानीसंगै जोडिएको मानव जीवनलाई सुरक्षित र स्वस्थ राख्नुपर्ने अन्य सहभागिको भनाई थियो ।

कतिपय गाबिसलाई खुल्ला दिशामुक्त घोषणा गरिएपनि स्थानियको अझैपनि तिनाउ नदीको किनारमा शौच गर्ने बानी नछुटेको बताएका थिए ।उनिहरुले खुल्ला दिशामुक्त भनिएका गाबिस र क्षेत्रमा पालिने कुकुरलाई शडक छेउछाउमा दिशा गराउने प्रबृत्तिले यो अभियानलाई चुनौती थपेको बताए ।


कार्यक्रममा बुटवल नगरपालिकाका सचिब खिम बहादु रायमाझि, फ्रेन्डस् सर्भिस काउन्सिलका अध्यक्ष सुर्य बहादुर थापा, माधबी प्रधान,देबि डुम्रे,महेन्द्र कुमार राज भण्डारी,पुरुषोतम बस्याल,डोलराज पौडेल,बिमल बहादुर शाक्य,साबित्रा रेग्मी लगायतले बोल्दै खानेपानीसंग नगरको स्वाथ्य तथा सरसफाई लाई पनि संगै अगाडि लैजानुपर्ने बताएका थिए ।

डिवाससिसिको आयोजनामा भएको कार्यक्रम बुनपा,खानेपानी तथा सरसफाई शब डिभिजन कार्यालय योगिकुटीको तथा फ्रेन्डस् सर्भिस काउन्सिलको सहआयोजनामा  भएको हो ।



IP

0 comments

Write Down Your Responses

Thanks for Your comment.