पछिल्ला सामग्री :
‘मेरो बिहेबारेमा मिडियालाई केको टाउको दुखाई’

३४ को उमेरमा हिँडदै गरेकी नायिका विपाशा वसुलाई भने हैरानी खेप्नु परिरहेको छ । उनलाई बिहे कहिले गर्न भन्ने प्रश्नले यतिसम्म तनाब दिएछ कि मुख नै फोरेर भनिन, ’हैन, मेरो बिहेबारेमा स्वयं मेरी आमालाई चिन्ता छैन भने यी मिडियालाई केको टाउको दुखाइ ?’ मिडियाबाट बारम्बार एउटै मात्रै प्रश्न खेप्नुपर्नाको कारण पनि नभएको भने होइन ।

नायक जोन अब्राहमसँगको लामो प्रेम सम्बन्धमा गत वर्ष मात्रै अवरोध आएपछि विपाशा एक्लै छिन् तर जोनले नयाँ साथी खोजिसके र चाँडै बिहे गर्न तयारी गरिसके । सँगैको साथीले बिहे गर्न लागेपछि विपाशाबारे जिज्ञासा बढनु स्वाभाविकै हो । तर विपाशालाई भने यही कुरा अस्वाभाविक लाग्न थालेको छ । मिडियाले उनलाई बिहेको लगनगाँठो कहिले कस्ने योजना बनाउनुभएको छ भनी गरेको प्रश्नप्रति रोष प्रकट गर्दै उनले भनिन, ’म कसरी यसको जवाफ दिन सक्छु ? मिडियाले मलाई आमाले भन्दा पनि बढी बिहेको कुरा सोध्न थाले ।’

नसोधून पनि कसरी ? अविवाहित यी नायिका आफ्नो रिलिज हुन लागेको हरर फिल्म ’आत्मा’ मा आमाको भूमिकामा देखिँदै छिन् । नेपाल वा भारत जस्ता मुलुकका नायिकाका लागि हिरोइनको रोलबाट आमाको रोल अफर आउनु वा खेल्नुलाई जवानी सकिएर बुढेसकाल लागेको ठानिन्छ । ’तर मैले त फिल्ममा आमा बनेर खेल्दा रोमाञ्चक अनुभव गरें,’ नायिकाले थपिन्, ’मैले बुझें वास्तवमै आमा बन्नु कति गाह्रो छ ।’

विस्तारै ठूलो पर्दामा अफर कम पाउन थालेकी विपाशा अब भने काँचको पर्दामा समेत झर्न भएकी छन । भनिन, ’म सानो पर्दामा समेत काम गर्नचाहेकी छु । बितेका केही वर्षेखि मलाई टेलिभिजन कार्यक्रमहरूका लागि पनि प्रस्ताव आउन थालिरहेका छन । तर म आफ्नो व्यक्तित्वसँग मेल खाने भूमिका गर्नचाहेकी छु ।’
–एजेन्सीको सहयोगमा
IP

0 comments

Write Down Your Responses

Thanks for Your comment.