भिटामिन ‘डी’को कमीले मधुमेह
एजेन्सीहरूका अनुसार बालबालिकाले पर्याप्त मात्रामा भिटामिन ‘डी’ पाएनन् भने पछि गएर इन्सुलिन प्रतिरोध अवस्था सिर्जना भएर किशोरावस्थाको सुरुका दिनमा नै उनीहरूलाई मधुमेहले समात्ने खतरा अधिक हुन्छ ।
दी जर्नल अफ क्लिनिकल इन्डोक्रिनोलोजी एन्ड मेटाबोलिज्ममा अनुसन्धानात्मक एक रिपोर्टमा उक्त तथ्य विश्लेषण गरिएको छ । शरीर बढ्दै जाँदा बालबालिकालाई अधिक भिटामिन ‘डी’ आवश्यक पर्छ । मोटोपनाको अवस्थामा सञ्चित बोसोले थप समस्या ल्याउँछ । पर्याप्त मात्रामा घाम ताप्ने गरेमा भिटामिन ‘डी’ प्राप्त हुन्छ ।
भिटामिन ‘डी’को कमीले मधुमेहका खतरा मात्र ल्याउने होइन मोटोपनासमेत निम्त्याउने र मुटु रोगको खतरा बढाउने यसअघिका अनुसन्धानले औंल्याएका छन् । अमेरिकाको टेक्सास विश्वविद्यालयको साउथवेष्टर्न मेडिकल सेन्टरका डा.मिख ओल्सनको टोलीले भिटामिन ‘डी’ र बाल्यकालको मोटोपनाबीचको सम्बन्ध पत्ता लगाउन अनुसन्धान गरेको थियो ।
अनुसन्धानको निष्कर्षमा अनुसन्धान टोलीले भनेको छ, खाजा नखाएर सोडा र जुस अधिक खाने कारणले मोटा बालबालिकामा भिटामिन ‘डी’ कम पाइएको छ । रगतमा भिटामिन ‘डी’को न्यून मात्रा भएको अवस्थामा इन्सुलिन प्रतिरोधी अवस्था सिर्जना हुने र अन्तत: दोस्रो प्रकारको मधुमेहको खतरा बढ्ने जनाइएको छ ।

![]() |

0 comments
Write Down Your Responses
Thanks for Your comment.