पछिल्ला सामग्री :
‘प्रेमविना संसार अधुरो छ’

गायक शिव परियार नाम लिने बित्तिकै सबैको क्या दामी भो, अलिकति नजर झुकाएर आउलगायतका गीत सबैलाई सम्झनामा आउँछ । सानैदेखि गीत गाउन र सुन्न रूचाउने गायक परियारले आफ्नो आठौँ एल्वम ‘कथाले मागेपछि’ बजार ल्याइसकेका छन् । औपचारिक अध्ययनलाई माथि नलगे पनि गायन क्षेत्रमा भने उनले आफ्नो उचाइ र परिचयको दायरालाई निकै उच्च स्थानमा राख्न सफल भएका छन् । उनलाई संगीतले नै होसमा ल्यायो भने जिन्दगी अहिले दामी छ । छोटो समयमा नै नेपाली सांगीतिक आकाशका चम्किन सफल गायक शिव परियारसँग गरिएको कुराकानी ।

असल व्यक्ति बन्न हुनपर्ने तीन कुरा ?
मलाई लाग्छ कुनैपनि मान्छेमा बोलीचाली, उसको व्यवहार, काम गराईप्रति राम्रो तालमेल छ भने ऊ असल मान्छेको रूपमा चिन्न सकिन्छ नत्र गाह्रो छ । कसैले पनि अर्काको चित्त दुखाउने काम गर्‍यो, हरेक मान्छेसँग इमान्दारीता हुन पनि जरूरी छ । आत्मीय व्यवहार र सहि ठेगानको भईदिए अरू केही पनि चाहिँदैन ।

कसरी दिन काट्दै हुनुहुन्छ ?
आफूले निकालेको एल्वमहरूको भिडियो बनाउँदैछु त्यतैतिर समय बितिरहेको छ । त्यस बाहेक कन्सर्टहरूमा समय बितिरहेको छ र बैशाखभित्र “कथाले मागेपछि” गीतको भिडियो ल्याउने तयारीमा छु । मैले मेरो आठौँ एल्वम हङकङवाट मिस हङक नेपाल कार्यक्रम मार्फत लोकापणर््ँ गरेको थिए र हङकङमा लोकार्पण्ँ गरेको “वन्ली यु मेरो साथी’ को नेपालमा प्रोमोसनमा पनि समय वित्दैछ ।

कन्सर्टमा त साह्रै व्यस्त हुनुहुन्छ नी?
हो कन्सर्ट भएन भने त हाम्रो अस्तित्व नै सकंटमा पर्छ । कन्सर्टले बाँच्ने अर्को आधार पनि वनाएको छ । गीत गाएर र सिआरविटीले मात्रै केही हँुदैन ।

खाली समयमा के गर्न रुचाउनुहुन्छ ?
खाली समय त त्यत्ति निस्कीएको छैन । यदि त्यस्तो भैहाल्यो भने चाही घुम्न रुचाउँछु । फिल्म हेर्न मन लाग्छ र प्रियजनहरूसँगको भेटघाटमा बढि निस्कने गर्छु ।

कसरी लाग्नुभयो गायन क्षेत्रमा ?
मेरो घर सर्लाही जिल्ला, हजुरिया गाविस । २०५१ सालमा म कक्षा सातमा पढ्दै गर्दा जिल्लाव्यापी बालगीत प्रतियोगीता भयो । स्कुलमा पढ्ने सबैको भ्वाइस टेस्ट हुने भएपछि त्यसमा म पनि सहभागी भए र प्रथम पनि भए । २०६० सालमा रेडियो नेपालको स्टुडियोमा लाइभ म्युजिकमा “जति बिस्र्यो तिम्रो याद आउन खोज्छ किन होला” बोलको नेपाली गजल, सुरेश वाग्लेको शब्दमा मेरो आफ्नै कम्पोजिसनमा रेकर्ड गराएँ र औपचारिक रूपमा यो क्षेत्रमा प्रवेश गरेको हो । म ०५९ सालमा रेडियो नेपालको आधुनिक गीत प्रतियोगीतामा गायनतर्फ प्रथम भएपछि पनि मलाई केही हौसला मिलेको यो क्षेत्रमा अगाडि वढ्नका लागी ।

थोरै प्रेमको कुरा गरौ न, बिहे अघि कसैसँग चक्कर थियो की ?
हा..हा..हा.. किन नहुनु भन्या । थियो । अरू कुरा नभनौ है ।

तपाईको प्रेमपछि बिहे कि बिहेपछि प्रेम ?
मेरो त बिहेपछि प्रेम भएको हो ।


प्रेम र यसको महत्व जीवनमा कतिसम्म हुन्छ होला ?
प्रेम विना संसार अधुरो छ । अरू केही भन्नुपर्दैन होला जस्तो लाग्छ । यो ससांर प्रेम मै अडिएको छ जस्तो लाग्छ ।

संगीतमा लागेर के पाए के गुमाए जस्तो लाग्छ ?
मैले गुमाएको भन्दा पनि पाएको केही कुरा गर्छु । संगीतले मलाई आफूप्रति, आफ्नो परिवार र समाजप्रति जिम्मेवार बन्न सिकायो । आफुप्रति सद्भाव राख्ने हरेकसँग जिम्मेवार बन्न सिकाएको छ । त्यसबाहेक त मैले धेरै फ्यानहरू पाएको छु । कमाईपनि राम्रै छ । गुमाएको कुरा त ठ्याक्कै यो गुमाए भन्न आएन ।

गायक नभएको भए के हुनुहुन्थ्यो ?
अहिलेको बच्चालाई सोध्यो भने डाक्टर, इन्जिनियर वा पाइलट बन्ने भन्छन् तर, उनीहलाई थाहा हँुदैन कि त्यस्तो खालको योग्यता छ कि छैन भन्ने कुरा र बाबुआमाले पढाउन सक्छन् कि सक्दैनन् भनेर ।
मलाई त एसएलसी पास गरेपछि पनि के पढ्ने पढ्ने भएको थियो । सबैले स्वर राम्रो छ भन्दै झन् माथि उचालेपछि संगीत नै पढियो ।
IP

,

0 comments

Write Down Your Responses

Thanks for Your comment.