पछिल्ला सामग्री :
तत्काल चुनावको मिति घोषणा गर्न एमाओवादीको माग

काठमाडौं, १५ चैत/ एकीकृत नेकपा माओवादीले तत्काल चुनावको मिति घोषणा गर्न सरकारसँग माग गरेको छ ।

मुलुक चुनावी माहोलमा अगाडि बढिसकेको अवस्थामा चुनावको मिति घोषणा गर्न ढिला गर्न नहुने भन्दै माओवादीले दलहरूसँग छलफल गरेर तत्काल असारमै हुने गरी
चुनावको मिति घोषणा गर्न माग गरेको हो ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवासमा आज बसेको पदाधिकारी बैठकले संविधानसभा निर्वाचनको मिति तोक्न सरकारलाई सुझाब दिने निर्णय गरेको छ । चुनावको मिति घोषणा नहुँदा चुनावी तयारी गर्न समस्या परेकोले तत्काल मिति घोषणा गर्न माग गरेको प्रवक्ता अग्नि सापकोटाले जानकारी दिनुभयो ।

सरकारलाई चुनावको मिति घोषणा गर्न सुझाब दिन आज वा भोलि उच्चस्तरीय राजनीतिक समितिको बैठक पनि बस्ने सापकोटाले जानकारी दिनुभयो ।

यस्तै आजको पदाधिकारीको बैठकले केन्द्रीय समितिको आकार घटाउन पहल गर्ने निर्णय गरेको छ । यसअघि प्रस्तावित ३९९ सदस्यीय केन्द्रीय समिति सदस्यको संख्या घटाउन पहल गर्ने निर्णय गरेको हो ।

बैठकमा केन्द्रीय समितिको आकार घटाउने विषयमा छलफल भए पनि विभिन्न राज्य समिति र ब्युरोसँगको छलफलपछि अन्तिम निर्णय लिइने महासचिव पोष्टबहादुर बोगटीले जानकारी दिनुभयो ।

सबै पक्षसँगको छलफलपछि भोलि बस्ने केन्द्रीय समितिको बैठकमा आवश्यक निर्णय लिइने महासचिव बोगटीको भनाइ छ । युद्धबाट आएका र एकीकरणबाट आएकालाई व्यवस्थापन गर्न समस्या परेको उहाँले बताउनुभयो ।

IP

,

0 comments

Write Down Your Responses

Thanks for Your comment.