पछिल्ला सामग्री :
चमचा र चमचागिरीबाट नबच्दा ठूलाबडाहरूको कन्तबिजोग

मुक्तिनाथ भुसाल
भारतीय खानामा इडली र साम्भर डोसामा जति राम्रो सम्बन्ध मानिन्छ त्यति नै महत्त्वपूर्ण सम्बन्ध चमचा र चमचागिरीको बीचमा पाउन सकिन्छ । नेपालका राजनीतिक नेताहरू र उच्चतहका कर्मचारीहरूको बीचमा चमचा र चमचागिरीको त झनै प्रभाव भएको र यसैबाट उनीहरूको पतन भइरहेको कुनै नौलो कुरा होइन तैपनि यथार्थता उनीहरूलाई महसुस भएको पाउन सकिँदैन ।

जस कारण निष्ठावान, इमानदार र मिहिनेति व्यक्तिहरू पछाडि परेका छन् । यसरी आफ्नो हातमा सिप, मनमा जाँगर र दिमागमा इमानदारिता भएका व्यक्तिहरू अगाडि बढ्न नसक्नु समग्र मुलुकका लागि नोक्सान त हो नै कालान्तरमा चमचा र चमचागिरीको मायाजालमा फँसेर आफ्नो दिमाग उनको निर्देशनमा चलाउँदा भविष्यमा बदनामी बनिरहेको यर्थाथता विगतका दिनहरूमा ठूलाबडा मानिएका नेता तथा कर्मचारीहरूको जीवनीलाई आ–आफ्नो ठाउँबाट नियालेर स्मरण गर्ने हो भने तथ्य आफैँ बोल्छ ।

विश्वकै धेरैजसो कुनाकाप्चाबाट ककरोज (साङ्ला) को अनत्य भएहोला तर चमचा र चमचागिरीहरूको अन्त्य हुन सकेको छैन र सजिलो गरी हुन पनि सक्दैन । कुशल नेतृत्व चमचा र चमचागिरीबाट आफैँ टाढा रहनुपर्छ । जुन लिडर वा उच्च तहको व्यक्ति यिनीहरूबाट टाढा रहन्छन् र आफ्नो दिमागबाट काम गर्दछन्, ढिलै भए पनि उनीहरूका मातहतका जनता वा कर्मचारीहरूको भविष्य सँगसँगै आफ्नो पनि इज्जत बढ्न पुग्दछ ।

चमचा र चमचागिरी गर्नेहरू कामचोर हुन्छन् । उनीहरू काममा भन्दा चाकडी चाप्लुसीमा विश्वास गर्दछन् । जो व्यक्तिमा इमानदारिता हुन्छ, उसले चमचा र चमचागिरी गर्नेहरूलाई मन पराउँदै, त्यसैको फलस्वरूप उक्त इमानदार व्यक्ति चमचाहरूको निशानामा परेको थुप्रै उदाहरण हरेक तहमा पाउन सकिन्छ ।

कामचोर र चाप्लुसीहरूका लागि यो पनि प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा एउटा व्यवसाय नै भएको समाजमा देख्न सकिन्छ । हरेक पेसा वा व्यवसायमा चमचा र चमचागिरीहरूको बाहुल्यता रहेको हुन्छ, जसलाई चिन्नु आवश्यक भए पनि चिनेजस्तो देखिँदैन । सबैखाले चमचा र चमचागिरीहरू, कोही धेरै धनी हुन्छन् त कोही मिडियिम र कोही गरिबहरूको बाहुल्यता हाम्रो समाजमा रहेको छ ।

आफ्नो पोजिसनअनुसार यिनीहरूले आ–आफ्नो तरिकाबाट चमचागिरी अपनाएका हुन्छन्, जसलाई नेपालका पोल्टिसियन र ब्युरोक्रयाटहरूले चिनेजस्तो लाग्दैन । जसको फलस्वरूप गरिबी र निमुखा समाजमा जन्मिएका र हुर्किएका प्रतिभाहरू अगाडि आउन सके ।
IP

0 comments

Write Down Your Responses

Thanks for Your comment.