रुपन्देहीमा गोली चल्दा एक घाइते, अवस्था चिन्ताजनक
कपिल ज्ञवाली/ बुटवल, २४ फागुन/ रुपन्देहीको करहिया–३ भलवारीमा बिहीबार दिउँसो गोली चलेको छ ।
दिउँसो करिब पौने १ बजे घरमै बसिरहेका एमालेनिकट युवा संघका सकृय कार्यकर्ता २७ वर्षीय विमल गुरुङको दाहिने कोखमा एउटा गोली लागेको हो । गोली लागेपश्चात् घाइते विमलले नै मणिग्रामस्थित क्रिमसन अस्पतालमा फोन गरेपछि अस्पतालको लु.१च ४४५५ नम्बरको एम्बुलेन्समा राखेर उनलाई अस्पतालमा ल्याइएको स्थानीयले बताएका छन् ।
घाइते विमललाई ९ एमएमको गोली लागेको अस्पतालको रिर्पाेटमा उल्लेख छ । आकस्मिक उपचारपछि उनलाई नाइन एन ए जेजे नम्बरको माउन्टेन एयरको हेलिकोप्टरमार्फत दिउँसो साढे ३ बजे काठमाडौं रिफर गरिएको छ ।
गोली कसले र किन चलायो भन्नेबारेमा प्रहरी पनि अन्योलमा छ । यद्यपि घटनामा संलग्न भएको आशंकामा तीनजनालाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान जारी राखेको रुपन्देही प्रहरीले जनाएको छ ।
संघीय लोकतान्त्रिक मोर्चाको बन्द आह्वानको समयमा भएको यो घटनाले प्रहरीलाई सुरक्षा चुनौती थपिएको छ । युवा संघका सक्रिय कार्यकर्ता रहेका उनी फागुन ११ देखि १५ गतेसम्म बुटवलमा भएको युवा संघ नेपालको आठौँ राष्ट्रिय महाधिवेशनमा सक्रियतापूर्वक लागेको युवा संघ नेपालका नवनिर्वाचित केन्द्रीय उपाध्यक्ष राजु गुरुङले बताए । घाइते गुरुङ नौ महिनाकी छोरी र पत्नीका साथ बस्दै आएको आफन्तले बताएका छन् ।

![]() |
0 comments
Write Down Your Responses
Thanks for Your comment.