पछिल्ला सामग्री :
पानी संरक्षणका कुरा

काठमाडौँ, २४ फागुन/ विश्व पानी दिवसको सन्दर्भ पारेर नेपालमा पानी सप्ताह मनाइने भएको छ ।

मार्च २२ लाई संसारभर पानी दिसवका रूपमा मनाउने गरिन्छ । नेपालमा पनि १३ मार्चदेखि २२ मार्चसम्म पानी सप्ताह मनाउन लागिएको हो । विश्वभर पानीको संकट बढ्दै गएको, खाद्य उत्पादनमा समेत पानीको अभाव देखिन थालेको र पानीको स्रोतमा सीमित व्यक्तिको पहुँच रहेकाले पानीकाका विषयमा गम्भीर हुन र पानीको स्रोत तथा पानीको सदुपयोगमा जागरुक हुन पानीको क्षेत्रमा काम गरिरहेको विभिन्न संघ–संस्थाहरुले पानी सप्ताह मनाउन लागेका हुन् ।

पानी सप्ताहबारे जानकारी दिन राजधानीमा गरिएको पत्रकार सम्मेलनमा पूर्ववातावरणमन्त्री एवं पानी सप्ताहका संयोजक गणेश साहले पानीबारे सचेतना फैलाउन सप्ताह आयोजना गरिएको बताउनुभयो ।

विश्वमा सन १९९२ देखि पानी दिवस मनाउन थालिएको भए पनि नेपालमा भने पानी दिवस गएका केही वर्षदेखि मात्रै मनाउन थालिएको हो ।

‘पानी उत्पादन, संरक्षण र पानीको सदुपयोगमा अब लाग्नुपर्ने वेला भइसकेको छ,’ साहले भन्नुभयो, ‘हामी आजैदेखि लागेनौँ भने आगामी दिनमा आजभन्दा बढी समस्या आउनेछ, त्यसले हामी सचेत नागरिक पानी संरक्षणमा लाग्नुपर्छ ।’
IP

,

0 comments

Write Down Your Responses

Thanks for Your comment.