आयोडिन नुनमा साढे १४ लाख भ्रष्टाचार
जीवन नेपाल, अछाम/ साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड डिपो कार्यालय अछाम मंगलसैनमा साढे १४ लाख बढीको भ्रष्टाचार भएको खुलासा भएको छ ।
साल्ट ट्रेडिङकै कर्मचारीबाट प्रधानमन्त्री कार्यालयको ‘हेलो सरकार’मा उजुरी परेपछि छानबिनका क्रममा १४ लाख ५२ हजार ६ सय २३ रुपैयाँ भ्रष्टाचार भएको खुलासा भएको हो । उजुरी परेलगत्तै सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण गिरीको संयोजकत्वमा गठित छानबिन समितिले गोदाममा जम्मा रहेको भनिएको एक हजार ६ सय १४ क्विन्टल दुई किलोग्राम नुन अपुग रहेको पत्ता लगाएको छ ।
साल्ट ट्रेडिङको १३ फागुनसम्मको मौज्जातमा दुई हजार ९६ क्विन्टल आयोडिन नुन रहेको उल्लेख गरिए पनि गोदाममा भने चार सय आठ क्विन्टल ७२ किलोग्राम मात्र नुन मौज्जात रहेको भेटिएपछि बाँकी नुन बिक्री गरेर त्यसवापत्को रकम भ्रष्टाचार भएको हो ।
गोदाममा कहिलेदेखि नुन कम रहेको, भन्नेबारे थाहा हुन नसकेको बताउँदै गिरीले उक्त भ्रष्टाचार एकजना कर्मचारीले मात्र गरेको नभएर यसमा साल्ट ट्रेडिङका जिम्मेवार कर्मचारीहरूको पनि संलग्नताको आशंका गर्नुभयो ।
क्षेत्रीय प्रशासन कार्यालयबाट छानबिनका लागि १५ दिनको समय दिएको भए पनि गिरीले जिम्मेवारी पाएको १० दिनमै अनुसन्धान रिपोर्ट मुख्यसचिव तथा क्षेत्रीय प्रशासन कार्यालयमा बुझाउनुभएको छ । रिपोर्टमा गिरीले अनियमितता भएको ठहर गर्दै यसमा संलग्न व्यक्तिहरू अनुसन्धान गरी दोषीलाई कानुनअनुसार कडा कारबाही र ब्याजसमेत असुली गर्न सुझाब दिएको जानकारी दिनुभयो ।

![]() |
0 comments
Write Down Your Responses
Thanks for Your comment.