अब सुर्खेतमै पत्थरीको अप्रेसन
कमल पन्त
सुर्खेत, २० फागुन/ सुर्खेतमा पहिलोपटक निजी नर्सिङ होमले दूरबिन प्रविधिबाट पित्तथैलीमा भएको पत्थरीको अप्रेसन सुरु गरेको छ ।
स्थानीय माया नर्सिङ होमले आइबारदेखि दूरबिन प्रविधिबाट पित्तथैलीको पत्थरीको अप्रेसन सुरु गरेको हो । नर्सिङ होममा पित्तथैलीमा पत्थरी भएकी कुनाथरी–१ चेपाङ यामकुमारी पुनको आइतबार दूरबिन प्रविधिबाट पित्तथैलीको पत्थरीको सफल अप्रेसन गरिएको सञ्चालक विष्णुबहादुर खड्काले जानकारी दिनुभयो ।
दूरबिन प्रविधिबाट अप्रेसन गर्न करिब २५ लाखको उपकरण ल्याएको उनले बताए । उनका अनुसार यस प्रविधिबाट अप्रेसनसहित औषधि र नर्सिङ होमको खर्च गर्दा करिब ४० हजार रुपैयाँ लाग्नेछ । दूरबिन प्रविधिबाट अप्रेसन पेटमा चारवटा प्वाल पारेर पित्तथैली निकालिने जनरल सर्जन डा. गणेश थापाले बताउनुभयो ।
दूरबिन प्रविधिबाट अप्रेसन गरिएका बिरामीलाई २/३ दिनमा आफ्नो काममा जान सक्ने डा. थापाको भनाइ छ । पेट चिरेर अप्रेसन गर्दा करिब नौवटा टाँका लाग्ने गर्छ भने यो प्रविधिबाट गर्दा ३/४ वटा टाँका लाग्ने गरेको उहाँको जिकिर छ ।
नेपालमा करिब पाँच प्रतिशतको पित्तथैलीमा पत्थरी भएको उहाँले बताउनुभयो । डा. थापाले पित्तथैलीको पत्थरी औषधि खाएर उपचार नहुने यसको अप्रेसनभन्दा अर्को विकल्प नभएकोसमेत बताउनुभयो । पित्तथैलीमा पत्थरी भएमा माथिल्लो पेट दुख्ने गरेकाले अधिकांश बिरामीले ग्यास्ट्राइटिक्स भएको भन्ने गरिएको उहाँले बताउनुभयो । लामोसमयसम्म पत्थरीको अप्रेसन नगरे क्यान्सर हुने सम्भावना रहने उहाँको भनाइ छ ।
यसअघि क्षेत्रीय अस्पतालले दूरबिन प्रविधिबाट अप्रेसन सुरु गरिसकेको छ । दूरबिन प्रविधिबाट क्षेत्रीय अस्पतालमा एक वर्षमा करिब १५० जनाको अप्रेसन गरिसकेको डा. थापाले बताउनुभयो । पछिल्लो ६ महिनामा क्षेत्रीय अस्पतालमा ४० जनाको दूरबिन प्रविधिबाट अप्रेसन भएको उहाँको भनाइ छ ।

![]() |
0 comments
Write Down Your Responses
Thanks for Your comment.