पछिल्ला सामग्री :
नेपाल लेबर नामक नयाँ पार्टी

काठमाडौँ, १२ चैत/ बेरोजगारी, सुकुम्बासी र गरिबीलगायतका समस्या समाधान गर्न भन्दै ‘नेपाल लेबर’ नामक नयाँ पार्टीको घोषणा गरिएको छ ।

यही ३ चैतमा निर्वाचन आयोगमा दर्ता गरिएको सो पार्टीले सोमबार राजधानीमा पत्रकार सम्मेलन गरी भूमिहीन सुकुम्बासीका समस्या, वृद्धवृद्धा तथा एकल महिला र सडक बालबालिकाका समस्या समाधान गर्ने उद्देश्यले नयाँ पार्टी खोलिएको जानकारी दिएको छ ।

 पार्टी अध्यक्षमा नवलकिशोर साह, उपाध्यक्षमा नारायण बस्नेत, महासचिवमा रविलाल बिसी तथा केन्द्रीय सदस्यमा रामकुमार खड्का, हरिराम ठाकुर, भीम थपलियालगायत १७ जना रहेको सो पार्टीको केन्द्रीय कार्यालय काठमाडौँस्थित कोटेश्वरमा छ । अध्यक्ष साहले अहिले युवाहरू बेरोजगार भइरहेको अवस्थामा ठूला भनिने राजनीतिक पार्टीहरू व्यक्तिगत र पार्टीगत स्वार्थमा मात्र लागेको आरोप लगाउनुभयो ।
IP

0 comments

Write Down Your Responses

Thanks for Your comment.