नौ विद्यालयलाई ‘अन्तर्राष्ट्रिय पुरस्कार’
काठमाडौँ, १३ चैत/ ब्रिटिस काउन्सिल नेपालले नेपालका विभिन्न नौवटा विद्यालयलाई ‘अन्तर्राष्ट्रिय विद्यालय पुरस्कार’ प्रदान गरेको छ ।
काउन्सिलको ‘कनेक्टिङ क्लासरुम’ परियोजनामा आबद्ध ६४ वटा विद्यालयमध्ये विद्यार्थी र शिक्षकबीच राम्रा र सिर्जनात्मक क्रियाकलाप सञ्चालन गर्नेबाट छनोट गरी ती विद्यालय पुरस्कृत भएका हुन् ।
पुरस्कृत हुनेहरूमा गुरुकुल एकेडेमी (धनगढी), अनल ज्योति बोर्डिङ स्कुल (ललितपुर), नागार्जुन एकेडेमी (ललितपुर), हार्भर्ड एकेडेमी (कास्की), एपेक्स स्कुल (रुपन्देही) र करुणनिधि एजुकेसन फाउन्डेसन (कास्की) रहेका छन् । यी विद्यालयले पूर्ण पुरस्कार पाएका हुन् ।
यस्तै भूपू सैनिक आवासीय (कास्की) र बलोदय मावि (कास्की) ले आंशिक पुरस्कार पाएका छन् भने कास्कीकै प्यारामाउन्ट पब्लिक स्कुलले स्थापना पुरस्कार पाएको छ ।
सो पुरस्कार शिक्षा मन्त्रालयका प्रवक्ता महाश्रम शर्मा र काउन्सिलका देशीय निर्देशक ब्रान्डन म्याकसेरीले संयुक्त रूपमा सोमबार प्रदान गर्नुभयो । पुरस्कारमा ट्रफी, लोगो तथा प्रमाणपत्र र शैक्षिक सामग्री छन् ।
![]() |



0 comments
Write Down Your Responses
Thanks for Your comment.