अपडेट :: मलेसियामा नेपालीको मृत्यु हावादारी
काठमाडौं, १२ चैत/ मलेसियाको जोहोरस्थित एक होस्टेलमा स्थानीय व्यक्तिले आक्रमणमा आठ को मृत्यु र १८ नेपाली घाइते भएको घटना हावादारी भएको पुष्टी भएको छ ।
समाचारको खण्डन गर्ने परराष्ट्र मन्त्रालयले मलेसियमा कुनै नेपालीको मृत्यु नभएको जनाएको छ । घटनामा नेपालीमाथि आक्रमण भए पनि घाइतेबारे कुनै जानकारी प्राप्त नभएको मन्त्रालयद्वारा जारी विज्ञिप्तिमा उल्लेख छ ।
होस्टलमा बसिरहेका नेपालीमाथि स्थानीय हतियारधारीले आक्रमण गरेका थिए । जोहोरलगायत मलेसियाका अन्य भागमा रहेका नेपाली कामदार पनि सुरक्षित रहेको मलेसियाको परराष्ट्र मन्त्रालयलाई उद्धृत गर्दै परराष्ट्रले जनाएको छ ।
घटनाका सम्बन्धमा थप जानकारी लिन मलेसियाको परराष्ट्रमन्त्रालयमा नेपाली राजदूत लेखनाथ भट्टराईलाई पठाएको गृह तथा परराष्ट्रमन्त्री माधवप्रसाद घिमिरेले जानकारी दिनुभएको छ । नेपाल सरकारले मलेसिया सरकारलाई नेपाली नागरिकको सुरक्षा व्यवस्था मिलाउन र तत्काल घाइतेको उपचारको व्यवस्था मिलाउन आग्रह गरिसकेको विज्ञप्तिमा उल्लेख छ ।
तमान चिन्तानास्थित भेन्चर कम्पनीनजिकै रहेको अर्को एक कम्पनीको होस्टेलमा झगडा भएपछि नेपालीमाथि हतियारधारीले होस्टेलमै प्रवेश गरी आक्रमण गरेका थिए । घटनास्थल राजधानी क्वालालम्पुरबाट ३४४ किलोमिटर टाढा रहेको छ ।

![]() |

0 comments
Write Down Your Responses
Thanks for Your comment.