पछिल्ला सामग्री :
चार करोडको लक्ष्य लिएर आउँदै युद्धका डोबहरु

S6300340काठमाडौं / हिजोआज साहित्यकार पुण्यप्रसाद प्रसाईको प्रकाशोन्मुख उपन्यास “युद्धका डोबहरु”को चर्चा चल्नथालेपछि प्रसाई हौसिएका छन् । बजारमा नआउँदै प्रर्चाको विषय बनेको प्रसाईको  अलिक खुलेर भन्नुपर्दा साहित्यिक बजार तातेको छ । तात्नुको कारण हो उनको सपना ।

अर्थात् उनले यो उपन्यास एकलाखप्रति बिक्री गर्न देखेको सपना अर्थात् प्रसाईको ठूलो सपना । उपन्यास विधामा आफ्नो फरक स्थान बनाइसकेका प्रसाईको यो औपन्यासिक कृति ‘युद्धका डोबहरु’ बैशाख महिनामा बजारमा आउँदैछ । उनले आफ्नो पुस्तक पाठकले मनपराउने दाबि गरे । उनले आफ्नो पुस्तक एक करोड मुल्य बराबरको बिक्री हुने दाबि गरे ।

आफ्नो पुस्तकको विषयवस्तुबारे प्रसाईले भने यदि कसैलाई लाग्छ मैले हारिसकै“, म असफल भइसकें, अब सबै कुरा सकियो, हो यी र यी जस्ता निराशा र दुखको क्षणमा यदि उसले मेरो उपन्यास “युद्धका डोबहरु” पढ्छ भने ऊ फेरि जाग्ने छ, उसले थाहा पाउने छ सबै कुरा टुङ्गिएको छैन । अझ केही गर्न सकिन्छ । “युद्धका डोबहरु”ले आशाको बीउ रोप्छ । यो उपन्यासले मानिसलाई केही महान् गर्न प्रेरित गर्छ । अर्थात् सबै कुरा सकियो भनेर ठानेको बेला फेरि केही गर्न प्रेरित गर्छ । हिम्मत र विश्वास दिन्छ । अफसलतादेखि डराएर भाग्न चाहनेहरुलाई यस उपन्यासले पुनः तानेर काममा फर्काउने छ र विजेता बन्न प्रेरित गर्नेछ । “युद्धका डोबहरु” जित्न सिकाउने उपन्यास हो ।

हाम्रो सपना देख्ने बानी नभएकाले यस्तो लागेको हो । जो सपना देख्न डराउँछ उसका योग्यताहरु मुर्झाउँदै जान्छन् । र, अन्त्यमा कस्तो लाग्छ भने उससँग कुनै योग्यता नै छैनन् । यदि तपाई मानिस हो भने तपाईसँग सपना हुन जरुरी छ, एउटा ठूलो सपना । तपाईं आज के हुनुहुन्छ त्यो त्यति महत्व राख्ने कुरा होइन तपाईंसँग कत्रो सपना छ, के लक्ष्य छ त्यो ठूलो कुरा हो । मानिसले स्वतन्त्र रुपमा सपना देख्ने हिम्मत गर्नुपर्छ । युद्धका दोबहरु पुस्तकले प्रत्येक घर परिवारका व्यक्तिहरुलाई प्रेरित र उत्साहित गर्ने भएका कारण यसमा आफुले ठुलो सपना देखेको प्रसाई बताउँछन् ।

त्यसो त उनी पुस्तक प्रकाशक पनि हुन् । डीकुरा प्रकाशनका अध्यक्ष समेत रहेका प्रसाईले लामो समयदेखि विभिन्न स्रस्टाका साहित्यिक कृति प्रकाशन गरेर नेपाली साहित्यको भण्डारमा उल्लेख्य ।योगदान पु¥याएका छन् ।
book shape 2 copy 2
IP

0 comments

Write Down Your Responses

Thanks for Your comment.