पछिल्ला सामग्री :
वेलकम न्यु इयर

काठमाडौ/ आज यो बर्ष २०६९ सालको अन्तिम दिन । आज मध्यरातदेखि बर्ष समाप्त हुँदैछ । सम्बत २०६९ साल राजनीतिक हिसाबले निकै नकारात्मक रहन पुग्यो ।

यहिबर्ष आफ्नो संविधान आफै बनाउने जनचाहनामा तुसारापात भयो । जेठ १४ मा संविधान नै नबनाई संविधानसभा विघटन भयो । यो दिनलाई बर्षकै दुखद् दिन मानिएको छ । संविधान सभाबाट संविधान बन्न नसक्नुको मुख्य कारक संघीयताको मुद्दा थियो । संविधानसभाको अवसानपछि बाबुराम भट्टराई नेतृत्वको सरकारले घोषणा गरेका मंसिर ७ को मितिमा सहमती जुटेन । बिचमा संविधानसभाको पुनर्स्थापनाको मुद्दा पनि जोडतोडले उठेपनि त्यसो हुन सकेन ।

बाबुराम भट्टराई नेतृत्वको सरकार विघटनको माग राखेर गरिएको विपक्षीको आन्दोलनमा जनताले साथ नदिएपछि तात्कालीन विपक्षी दलले घोषित आन्दोलनअघि बढाउन सकेनन् । अन्तत एकीकृत माओवादीको प्रस्ताव अनुसार फागुन ३० कुर्नु पर्ने भयो । चैत्र १ गते मुख्य दलहरुबीच भएको सहमती अनुसार बाधा अड्काउ फुकाउमार्फत अन्तरिम संविधानमा संशोधन गरेर बहालवाला प्रधानन्यायाधीशको नेतृत्वमा चुनावी सरकार गठन भयो । यो नेपाली राजनीतिक इतिहासमा नौलो प्रयोग हो ।  चुनाव गर्ने मुख्य काम लिएर गठित सरकारले नयाँ चुनावको मिति भने घोषणा गर्न सकेको छैन ।

यो बर्ष एकीकृत माओवादीबाट मोहन बैद्य नेतृत्वको समुह अलग भएर नेकपा माओवादी गठन भयो । यसको कारण भने अलग भएको समुहले पुष्टि गर्न सकेको छैन । यहि बर्ष एकीकृत माओवादीले २१ बर्षपछि आप्mनो सातौ महाधिवेशन सम्पन्न गरेको छ। यो महाधिवेशनले पार्टीलाई उत्पादनमा लाउने फरक निर्णय गरेको छ ।

एमालेमा भएको विभाजनले उपाध्यक्ष अशोक राईसहितका प्रभावसाली नेताले संघीय समाजवादी पार्टी बनाए । एमालेकै मधेशमा प्रभाव राख्ने नेता रामचन्द्र झा एकीकृत माओवादीमा प्रवेश गर्नुभयो । नेपाली कांग्रेसले क्षेत्रीय सभापति, सचिव, जिल्ला सभापति र महासमितिको समेत बैठक सक्दा पनि आन्तरिक विवाद मिलाउन सकेन भने संघीयता बारे धारणा स्पष्ट धारणा ल्याउन सकेन । यो बर्ष सेरेमोनियल राष्ट्रपतिको निकै सक्रियता देखियो ।

एकीकृत माओवादी नेतृत्वको सरकारले बाटो फराकिलो पार्न ल्याएको अभियानले काठमाडौमा बाटा फराकिला भएपनि अझै निर्माण सम्पन्न हुन सकेका छैनन् । यो बर्ष तीन पटक गरेर आएको आंशिक बजेटले आर्थिक घाटा बेहोर्र्नुप¥यो । नीजि क्षेत्रको दबाबका कारण सरकारले ल्याएको दुईरंगको सिलिण्डर ल्याउने सरकारी तयारी रोकियो भने ग्याँसकार्ड वितरण पनि अन्यौलमै छ । पेट्रोलियम कारोबार नीजि क्षेत्रलाई दिने सरकारी निर्णय पनि नीजि क्षेत्रकै दबदबामा कार्यान्वयन हुन सकेन । सरकारले यो बर्ष लोडसेडिङ दैनिक १२ घण्टा भन्दा बढी हुन दिएन ।

यो बर्ष महिलामाथि भएका हिंसाका धेरै घटनाहरु बाहिर आए भने यो विषयमा थुप्रै बहस समेत भयो । यहि बर्ष नेपाली क्रिकेट टोली डिभिजन थ्रीमा उक्लन सफल भयो । यहि बर्ष विकट मुगु र मनाङको सदरमुकाममा मोटरबाटो पुगेको छ ।

यो पनि हेर्नुस् है त ।
Sambaad
IP

, ,

0 comments

Write Down Your Responses

Thanks for Your comment.