पछिल्ला सामग्री :
१२ वर्षपछि चल्यो साझा, पहिलो दिन सबैलाई फ्री (भिडियोसहित)

काठमाडौं/ केही वर्षअघि निकै लोकप्रिय र सर्वसुलभ मानिएको साझा यातायात १२ वर्षपछि पुन: सञ्चालनमा आएको छ । पहिलो दिनका यात्रीलाई भने साझाले नि:शुल्क यात्रा गराउने भएको छ ।

साझा यातायातले बन्द भएको १२ वर्षपछि १६ वटा नयाँ बससहित आफ्नो सेवालाई पुन: सुचारू गरेको हो । नयाँ व्यवस्थापन र सुविधायुक्त गाडीसहित साझा यातायातले राजधानीका दुई रुटमा आफ्नो सेवा थालेको छ ।

मुख्यसचिव लीलामणि पौडेलले पुल्चोकमा उदघाटन गरेसँगै सेवा सुरु भएको हो । साझा बसको किलिन्डरका रूपमा कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य उपस्थित हुनुहुन्थ्यो । १ साउन ०१९ बाट सेवा सुरु गरेको साझा बसले राजधानीलगायत देशभर र भारतको राजधानी दिल्ली तथा चीनको ल्हासासम्म आफ्नो सेवा दिएकोमा बीचमा व्यवस्थापनको कमजोरीले गर्दा ०५८ सालमा साझा बस सेवा बन्द भएको थियो ।

कुनै समय दुई सयको हाराहारीमा सड्कमा साझा यातायातका बस गुड्थे । ०४६ सालमा देशमा बहुदलीय व्यवस्थाको स्थापनासँगै साझा यातायातमा विचलन सुरु भएको थियो । पछि भने यो पूर्ण रूपमा चल्नै छाड्यो । ‘साझा बसमा जो पनि चढ्दछ किलिन्डरले दुई रुप्पेँको टिकट काट्दछ ।’ चलचित्र ‘जे भो राम्रै भो’ मा एक दशकअघि वरिष्ठ हास्यकलाकार हरिवंश आचार्यले गाएको यो गीत निकै चर्चित बनेको थियो । मनोमानी कर्मचारी नियुक्तिलगायतले व्यवस्थापन कमजोर बनेपछि साझा यातायात ठप्प भएको थियो । समय क्रमसँगै साझा बस धराशी बन्यो र सडकमा गुड्न छाड्यो ।

नयाँ वर्ष ०७० को आगमनसँगै यसले पनि नयाँ जीवन पाएको छ । आज (शनिबार) साझा बसको सुरुआतिसँगै महजोडीले टिकट काटेर सेवा सुरुआत गरिएको छ । त्यो पनि शनिबारका लागि नि:शुल्क । पहिलो दिन साझामा यात्रा गर्ने सबैले नि:शु::ल्क यात्रा गर्न पाउनेछन् ।



साझा बसले प्रारम्भिक चरणमा १६ वटा बस दुई रुटमा सञ्चालन थालेको छ । जसमा कलंकी–त्रिपुरेश्वर–बानेश्वरदेखि एयरपोर्ट र लगनखेल–त्रिपुरेश्वर–लाजिम्पाट–महाराजगन्ज हुँदै गोंगबुको रुटमा सेवा सुरु भएको छ । साझा बसको सेवा बिहान ५ बजेदेखि राति ११ बजेसम्म हुनेछ भने यसमा ६ महिलासहित ६० जना चालक र सहचालक छनोट भइसकेका छन् । अहिले सञ्चालनमा आएका बस ५४ सिट क्षमताका छन् ।
IP

, , ,

0 comments

Write Down Your Responses

Thanks for Your comment.