एकै स्रष्टाका तीन काव्य (फोटो फिचरसहित)
नरनाथ लुइँटेल, काठमाडौं/ राजधानीमा आयोजित एक समारोहमा राष्ट्रकवि माधव घिमिरेले स्रष्टा जगदीश्वर पोखरेलका तीन काव्यकृतिको लोकार्पण गर्नुभयो । लोकार्पण गरिएका कृतिहरूमा ‘शार्दूलका पाइला’ नामक एउटा कवितासङ्ग्रह र ‘सुसाउँदो मस्र्याङ्दी’ एवं ‘फूलसरिको जीवन’ नामक दुई गीतिसङ्ग्रह रहेका छन् ।
क्रमश: तीनवटै कृतिहरू लोकार्पण गर्नुभएपछि प्रमुख अतिथिको आसनबाट कृतिकार पोखरेललाई शुभाशिष दिँदै राष्ट्रकवि माधव घिमिरेले सुललित छन्द र लयमा आबद्ध रही पोखरेलका गीत र कवितामा वर्तमान युगको पदचाप अभिव्यक्त भएको बताउनु भयो ।
छन्दशिल्पी स्रष्टा भुवनहरि सिग्देलको सभाध्यक्षतामा सम्पन्न समारोहको अतिथि एवम् विशिष्ट अतिथिहरू हुनुहुन्थ्यो कमलमणि दीक्षित, डा.रामप्रसाद ज्ञवाली, डा. जीवन अधिकारी, गीतकार रत्नशमशेर थापा, डा. कृष्णहरि बराल, डा. माधव पोखरेल, छन्दस्रष्टा रमेश खकुरेल, डिल्लीराम मिश्र श्रमजीवी, गौरीनाथ ढकाल र पुष्पमान श्रेष्ठ आदि । समारोहमा प्रमुख अतिथि एवम् अतिथिहरूलाई पस्मिनाको गलबन्दी र पुष्पमाला पहिर्याई सम्मान–स्वागत अभिवन्दन गरिएको थियो । कृतिकार दम्पतिलाई माता नानीमाया पोखरेलले शुभाशिरवादसहित माला पहिर्याउनुभएको थियो ।
प्रमुख अतिथिबाट पानसमा दीप प्रज्वलन गरी प्रारम्भ भएको समारोहमा डा. जीवन अधिकारीले कृतिकार जगदीश्वर पोखरेलको जीवन प्रसङ्ग र उहाँको काव्यगत योगदानका बारेमा चर्चा गर्नुभयो । उहाँले पोखरेल नेपाली साहित्यका नवागत स्रष्टा भए पनि एकैपटक तीन तीनवटा गहकिला कृति प्रदान गर्नुले धेरै महत्व राखेको बताउनुभयो ।
लोकार्पण गरिएको कृतिमध्ये ‘शार्दूलका पाइला’ कविता सङ्ग्रहमाथि केन्द्रित भएर डा. रामप्रसाद ज्ञवालीले समीक्षा मन्तव्य दिनुभएको थियो भने अर्को कृति ‘सुसाउँदो मस्र्याङ्दी’ गीतिसङ्ग्रहमाथि समीक्षात्मक मन्तव्य प्रस्तुत गर्नुभएको डा. जीवन अधिकारीले । त्यसैगरी अर्का वक्ता गीतकार एवम् प्रा.डा. कृष्णहरि बरालले पोखरेलको लोकार्पित अर्को कृति गीतिसङ्ग्रह ‘फूलसरिको जीवन’माथि समीक्षा गर्नुभएको थियो । उहाँले पोखरेलका गीतहरू ग्रमीण लोकलयलाई आत्मसात गर्दै सरल एवम् सहज भाषामा लेखिएको बताउनुभयो ।
समारोहमा स्रष्टा पोखरेललाई वरिष्ठ गीतकार चेतन कार्की, नेपाल पस्मिना उद्योग सङ्घका अध्यक्ष पुष्पमान श्रेष्ठ र युवाकवि बलराम दाहालले शुभकामना तथा बधाइ ज्ञापन गर्नुभएको थियो । कार्यक्रमको बीचबीचमा लोकार्पित कृतिहरूबाट छानिएका सिर्जनाहरूलाई सङ्गीतबद्ध रूपमा कलाकार दामोदर अधिकारी, केशव अधिकारी र बेलिमायाले प्रस्तुत गर्नुभएको थियो ।
स्रष्टा जगदीश्वर पोखरेलले समारोहमा विशिष्ट स्रष्टा एवं द्रष्टाहरूको अपार उपस्थिति आफ्नो निम्ति अमूल्य आशिरवाद रहेको र उत्साहको ऊर्जा थपेको बताउँदै सबैप्रति कृतज्ञता र आभार व्यक्त गर्नु भएको थियो ।

समारोहका अध्यक्ष भुवनहरि सिग्देलले छन्दशिल्प पुरानो भयो भन्नेहरूका लागि स्रष्टा पोखरेलका छन्द र लयमा सिर्जित सिर्जनाले राम्रोसँग चुनौती दिएको बताउनुभयो । उहाँले पोखरेललाई आफ्ना सिर्जनामा अझै परिपाक प्रदान गर्न आग्रह गर्दै शुभकामना दिनुभएको थियो ।
लोकार्पित कृतिहरूमा राष्ट्रकवि माधव घिमिरेको शुभकामनाका साथ वरिष्ठ गीतकार, चेतन कार्की, प्रा.डा.कृष्णहरि बराल, प्रा.डा. माधव पोखरेल, गौरीनाथ ढकाल र श्रीहरि फुयाँल र डा. जीवन अधिकारीले भूमिका मन्तव्य प्रदान गर्नुभएको छ । तिनवटै कृतिको प्रकाशन कृतिकारकी माता नानीमाया पोखरेलले गर्नुभएको हो ।

![]() |

0 comments
Write Down Your Responses
Thanks for Your comment.