होचा र अग्लाको जम्काभेट
दाङ, रिङखोलियाका ७२ वर्षीय चन्द्रबहादुर डाँगी विश्वकै सबैभन्दा होचा
व्यक्तिका रूपमा गिनिज बुकमा दरिए । गिनिज बुकमा नाम लेखिएपछि उनले इटली,
अस्ट्रेलियालगायतका देश भ्रमण गरिसकेका छन् । इटहरीमा बस्दै आएका राजन
अधिकारी भने दक्षिण एसियाका सबैभन्दा अग्ला व्यक्ति हुन् । आफ्नो उचाइले
गर्दा नाम कमाएका राजन विभिन्न व्यावसायिक कम्पनीको ब्रान्ड एम्बासडर पनि
भइसकेका छन् । उनी हाल समाजसेवा र पशुपालनमा संलग्न छन् ।
विश्वकै होचा र दक्षिण एसियाकै अग्ला दुई व्यक्ति एकै ठाउँ हुँदा कस्तो देखिएलान् ? एक-अर्काप्रति दुवैका कस्तो भावना उत्पन्न होला ? यो जान्ने अवसर संयोग विराटनगरमा जुर्यो । एकले अर्कालाई कहिल्यै नदेखेका उनीहरूले पहिलो भेटमा चिनजान मात्र गरेनन्, निकै हार्दिकतापूर्वक भलाकुसारी पनि गरे । उनीहरूले आफ्ना समस्या र अनुभव साटासाट गरे । उमेरले छोरासमानका राजनले चन्द्रबहादुरलाई बोकेर काखमै राखे । कार्यक्रम सुरु हुनुअघि मारवाडी सेवा सदनको कोठामा अग्ला राजनले दाङबाट आएका होचा चन्द्रबहादुरसँग उनका भतिजा दोलख डाँगीको सहयोगमा कुराकानी गरे ।
राजनले डाँगीको सुरक्षाका लागि संस्था बनाएर काम गर्न सल्लाह दिए । तर, भतिजा दोलखले भन संस्था बनाए झैझगडा हुने बताए । उनले आफूले १२ वर्षको उमेरदेखि काका चन्द्रको सेवा गरेको र अब पनि आफँैले हेरचाह गर्ने सुनाए । राजन निकै बोलक्कड देखिए । चन्द्रबहादुर थोरै बोले, तर राजनले भने विश्लेषणसहित कुरा गरे । राजनले सोधेका प्रश्नको छोटा उत्तर मात्र दिए उनले । दुवैबीच भएको संवाद यस्तो थियो ।

राजनको प्रश्न, डाँगीको जवाफ
राजन : पहिला मलाई देख्नुभएको थियो ?
चन्द्रबहादुर : अहँ, देखेको थिइनँ ।
राजन : मेराबारेमा सुन्नुभएको थियो ?
चन्द्रबहादुर : आजै मात्र सुनेँ ।
राजन : तपाईं विश्वकै होचो, म दक्षिण एसियाकै अग्लो, कस्तो लाग्यो ?
चन्द्रबहादुर : राम्रो लाग्यो । खुसी लाग्यो ।
राजन : तपाईंलाई गिनिज बुकले के-के दियो ?
चन्द्रबहादुर : मभन्दा अग्ला दुइटा प्रमाणपत्र मात्रै दियो ।
राजन : पैसा दिएन ?
चन्द्रबहादुर : अहँ, एक पैसा पाएको छैन ।
राजन : कति पढ्नुभएको छ ?
चन्द्रबहादुर : सानैमा पाँच पढेको ।
राजन : तपाईं र म भनेको त सेलिब्रेटीजस्ता हौँ । कार्यक्रममा जाँदा कसरी प्रस्तुत हुनुहुन्छ ?
चन्द्रबहादुर : राम्रो गर्छौं । -उनी आफन्तको टिमसहित कार्यक्रममा जाने गर्छन्)
राजन : अनि कार्यक्रममा जाँदा कति पैसा लिनुहुन्छ ?
चन्द्रबहादुर : हामीलाई टिकट काटेको पैसा दिन्छन् । बस्ने व्यवस्था गर्छन्, अरू के दिन्छन् र ?
राजन : विदेश जाँदा कति कमाउनुभयो ?
चन्द्रबहादुर : जाँदा टिकट काटेर लगे । आउन टिकट काटिदिए, अरू के दिनु ?
राजन : तपाइ-हामी मिलेर केही गर्दा कसो होला ?
चन्द्रबहादुर : राम्रो हुन्छ ।
राजन : योजना के छ ?
चन्द्रबहादुर : राम्रो छ । तुलसीपुरमा घर बनाउँदै छु । तर, काठ छैन । सरकारले दिए हुन्थ्यो ।
राजन : तपाइ सबैभन्दा होचो मान्छे । हामीजस्तो अग्लो मान्छे देख्दा आरिस लाग्दैन ?
चन्द्रबहादुर : अा, किन आरिस लाग्नु ? लाग्दैन ।
राजन : अनि विदेश कस्तो लाग्यो ?
चन्द्रबहादुर : राम्रो लाग्यो ।
राजन : के राम्रो लाग्यो ?
चन्द्रबहादुर : उताका मान्छे ।
राजन : किन ?
चन्द्रबहादुर : उताका मान्छेमा बुद्धि धेरै हुँदो रहेछ ।
राजन : अरू के-के राम्रो लाग्यो ?
चन्द्रबहादुर : विदेशको सुविधा राम्रो लाग्यो ।
राजन : कस्तो सुविधा ?
चन्द्रबहादुर : खानेबस्ने सुविधा ।
राजन : उताका मान्छे त अग्ला थिए होलान् नि ?चन्द्रबहादुर : ठीकै थिए ।
राजन : बिहे गर्नुभयो ?
चन्द्रबहादुर : छैन ।
राजन : किन नगरेको ?
चन्द्रबहादुर : अब के बिहे गर्ने होला ?
राजन : सानो मान्छे, सबैले माया गर्छन्, उमेर पनि छिप्पिइसक्यो, बिहे पनि गर्नुभएको छैन, किन घर बनाउन थाल्नुभएको त ?चन्द्रबहादुर : घर त चाहिन्छ नि । घर भनेको घर हो ।
राजन : सरकारले के गरिदेओस् भन्ने लाग्छ ?
चन्द्रबहादुर : तुलसीपुरमा घर बनाउन काठ दिए हुन्थ्यो ।
राजन : होइन, होचाका लागि भनेको ।
चन्द्रबहादुर : सबैको प्रगति होस्, उन्नति होस् ।
राजन : तपाईंलाई भेट्दा खुसी लाग्यो ।
चन्द्रबहादुर : हो, बोलचाल भयो । राम्रो लाग्यो ।
गणेश लम्साल/विराटनगर
Nayapatrika
![]() |

0 comments
Write Down Your Responses
Thanks for Your comment.