पछिल्ला सामग्री :
‘एमाले समुद्र हो, त्यसबाट एक लोटा पानी झिक्दा र थप्दा कुनै असर पर्दैन’

काठमाडौं/ नेकपा एमाले अध्यक्ष झलनाथ खनालले एकीकृत माओवादी चुनाव गराउन तयार नभएकाले असारमा चुनावको सम्भावना कम रहेको बताएका छन् ।

आफ्नै निवासमा आइतबार पत्रकारसँग कुरा गर्दै खनालले भने, ‘एकीकृत माओवादीले असार पहिलो साता नै चुनाव चाहेको भए ३० फागुनमा आएर किन सहमति गर्दथ्यो, चुनाव हुनेगरी अगाडि नै सहमति गर्न सक्थ्यो ।’

उनले असारमा चुनाव नभए मंसिरमा चुनाव हुन नदिने एकीकृत माओवादी अध्यक्ष प्रचण्डको चेतावनीलाई ‘फुटुंग्रे’ धम्कीको संज्ञा दिए । धम्कीबाट कोही पनि नतर्सने उनको भनाइ थियो । विगतमा एकीकृत माओवादी नेतृत्वको सरकारले पटकपटक फेरेजस्तो नफेरिने गरी चुनावको मिति घोषणा गर्नुपर्नेमा उनले जोड दिए ।

नागरिकता वितरण, निर्वाचन कानुन, जनशक्ति परिचालन, भोटिङ मेसिन, सिसिटिभी जडान, कर्मचारीको व्यवस्थासहित समस्या समाधान हुन नसकेको र राजनीतिक वातावरण पनि अझै बनिनसकेकाले असारको पहिलो साता चुनाव हुने सम्भावना न्यून बनेको उनको तर्क थियो ।

रामचन्द्र झालगायतका केही नेता एकीकृत माओवादीमा प्रवेश गर्दैमा एमालेलाई केही फरक नपर्ने उनले बताए । ‘एमाले समुद्र हो, त्यसबाट एक लोटा पानी झिक्दा र थप्दा कुनै असर पर्दैन ।’
IP

,

0 comments

Write Down Your Responses

Thanks for Your comment.