पछिल्ला सामग्री :
१६ लाख बालमजदुरमध्ये ६ लाख जोखिमयुक्त काममा


कैलाली/ नेपालमा रहेका १६ लाख बालमजदुरमध्ये ६ लाख २१ हजार बालबालिका जोखिमयुक्त काममा संलग्न रहँदै आएका छन् । तीमध्ये दुई लाख बालबालिका नदेखिएका काममा संलग्न हुँदै आएको एक तथ्यांकले देखाएको छ । नेपाल बालश्रम प्रतिवेदन २०१० का अनुसार १६ लाख बालमजदुरमा बालिकाको संख्या बढी भएको देखाएको छ ।

पाँचदेखि १७ वर्षको उमेरका ४० प्रतिशत, पाँचदेखि १४ वर्ष उमेरका बालबालिकाको संख्यामा कमी आए पनि १४ देखि १७ वर्षका बालमजदुरको संख्यामा वृद्धि हुँदै गएको छ । श्रम तथा रोजगार मन्त्रालयद्वारा सोमबार धनगढीमा आयोजित बालश्रम निवारणसम्बन्धी अभिमुखीकरण कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै शाखा अधिकृत जगदीशचन्द्र शिवाकोटीले २०२० सम्म सबै खाले बालश्रम र २०१६ सम्म निकृष्ट स्वरुप अन्त्य गरिने राष्ट्रिय गुरुयोजना रहेको र त्यसका लागि कामहरू भइरहेको बताउनुभयो ।

सन् १९९८ मा २० लाख बालबालिका बालश्रममा संलग्न भएकामा सन् २००८ मा घटेर बालश्रमको संख्या १६ लाखमा झरेको जानकारी दिँदै उहाँले बालश्रम न्यूनीकरणका लागि राज्यले विभिन्न सन्धि–सम्झौतामा हस्ताक्षर गरिसकेको अवस्थामा राष्ट्रिय नीति, कानुन र कार्ययोजना बनाएर अघि बढ्न जरुरी रहेको बताउनुभयो ।
IP

,

0 comments

Write Down Your Responses

Thanks for Your comment.