विद्यार्थी भर्ना गर्नुभन्दा टिकाउन गाह्रो
बाग्लुङ/ देशभर सबैलाई साक्षर बनाउने अभियान चलिरहेका वेला बाग्लुङको दुर्गम गाविसका बालबालिकालाई भने विद्यालयमा टिकाउनै समस्या देखिएको छ । बल्लतल्ल भर्ना भएका विद्यालय तहका बालबालिकाबीचैमा पढाइ छोड्ने समस्या तड्कारो बनेको छ ।
बाग्लुङमा करिब तीन हजार तीन सय बालबालिका अझै पनि विद्यालयबाहिर रहेको र त्यसको तेब्बरभन्दा बढी बालबालिकाले बीचैमा विद्यालय छाड्ने गरेको शिक्षा कार्यालयको तथ्यांकले देखाएको छ ।
‘विद्यालय उमेरका कुल बालबालिकामध्ये बीचैमा पढाइ छोड्ने विद्यार्थीको दर करिब २२ प्रतिशत जति छ’ शिक्षा कार्यालयका उपसचिव नवराज चापागाईंले भन्नुभयो, ‘भर्ना गर्नुभन्दा पनि विद्यालयमै टिकाउनु ठूलो चुनौती बनेको छ ।’ त्यस्ता विद्यार्थी अधिकांश दुर्गम गाविसका रहेका छन् । दुर्गम बोबाङ, अधिकारीचौर र निशी गाविसमा यो समस्या जटिल रहेको छ । भौगोलिक विकटता, गरिबी, साक्षरता स्थिति कमजोर, बेरोजगारीजस्ता कारणले बालबालिकाले बीचैमा विद्यालय छोड्न बाध्य भएको पाइएको छ ।
त्यस क्षेत्रका अधिकांश बालबालिका बीचैमा विद्यालय छोडेर रोजगारीको लागि छिमेकी भारत जाने प्रचलन विगत देखिको नै हो । सबै बालबालिकालाई शिक्षाको पहुँचमा पुर्याउन जिल्ला शिक्षा कार्यालयले विद्यालय भर्ना, टिकाउ तथा निरन्तरता र उपलब्धिमा सुधार कार्यक्रम सुरु गरेको छ ।
कार्यक्रममार्फत विद्यालय बाहिर रहेका तीन हजार तीन सय बालबालिकामध्ये दुई हजार बालबालिकालाई विद्यालयको पहुँचमा ल्याउने शिक्षा कार्यालयको लक्ष्य छ । त्यसबाहेक विद्यालय भर्ना भएका आधारभूत तहका बालबालिकालाई विद्यालयमै टिकाइ राख्न र उपलब्धिमा सुधार ल्याउन विशेष योजना बनाइएको उपसचिव चापागाईंले बताउनुभयो ।
‘बालमैत्री वातावरण तयार गर्ने, उपलब्धि वृद्धि गर्ने, शिक्षण विधिमा सुधार, नियमित अतिरिक्त क्रियाकलापजस्ता कार्यअघि बढाउने छौँ’ चापागाईंले भन्नुभयो, ‘त्यसबाहेक बालबालिकालाई भौतिक स्रोतसाधनको उपलब्धताको लागि विशेष कार्यक्रम चलाउँछौँ ।’ शिक्षा कार्यालयले शिक्षा क्षेत्रमा काम गर्ने विभिन्न गैरसरकारी संस्थासँग मिलेर सहयोग अभियान चलाएको छ । सेभ द चिल्ड्रेन, गाजा युवा क्लबलगायतका संस्थाले दुर्गमका बालबालिकालाई वर्षंभरी पुग्नेगरी स्टेसनरी सामान, झोला, पोसाकलगायतका सामग्री सहयोग प्रदान गर्दै आएका छन् ।
यो वर्ष पनि ती संस्थाले दुर्गम बोवाङ, निशी, अधिकारीचौर, देवीस्थानलगायतका गाविसका बालबालिकालाई सहयोग अभियान जारी राख्ने जनाएका छन् । ‘हामीले विशेष लक्षित समूह पत्ता लगाई तिनीहरूलाई विद्यालय भर्ना गरी निरन्तर टिकाउन कार्ययोजना बनाएर अघि बढेका छौँ’ चापागाईंले भन्नुभयो । सबै क्षेत्रको सहयोगमा नै अभियान सफल हुने कार्यालयको विश्वास छ ।
शिक्षा क्षेत्रको दिगो सुधारका कामलाई प्राथमिकता दिएर अघि बढ्ने कार्यालयको भनाइ छ । कार्यालयले विद्यालय छोड्ने दरलाई पाँच प्रतिशतमा झार्ने र विद्यालय बाहिरै रहेका सात प्रतिशत बालबालिको दरलाई साढे दुई प्रतिशतमा झार्ने लक्ष्य लिएको छ ।
विद्यालय भर्ना हुनै नसकेका बालबालिकाको क्षेत्र तथा समुदायमा सघनरुपमा भर्ना कार्यक्रम चलाइएको उपसचिव चापागाईंले बताउनुभयो । जसअनुसार यही बैसाख १५ गतेसम्म नियमित भर्ना कार्यक्रम चलाउने र दोस्रो चरणमा घरदैलो चलाएर बालबालिकालाई विद्यालय भर्ना गराउने शिक्षा कार्यालयको योजना छ । पन्ध्रदेखि ३० सम्म चल्ने घरदैलो अभियान र नियमित भर्ना अभियानमा विगतमा जस्तै विद्यार्थीलाई मुस्कानसहित फुल, अबिर र स्थानीय संस्कृतिअनुसार स्वागत गरिएको कार्यालयले जनाएको छ ।
– रामबहादुर थापा

![]() |
0 comments
Write Down Your Responses
Thanks for Your comment.