मुम्बईमा निर्माणाधीन भवन भत्किँदा मृत्यु हुनेको संख्या ३५ पुग्यो (फोटो फिचरसहित)
एजेन्सी, २३ चैत/ भारतको मुम्बईमा निर्माणाधीन एक भवन भत्किँदा मृत्यु हुनेको संख्या ३५ पुगेको छ । घटनामा ६९ जनाभन्दा धेरै घाइते भएका छन् । मुम्बईको ठाणे जिल्लाको शिलफाँटामा अवैध तरिकाले निर्माण भइरहेको भवन भत्किएको प्रहरीले जनाएको छ । मृत्यु हुने सबैको शव बाहिर निकालिएको छ ।
भवनको तल्लो भागमा मानिस नभए पनि माथिल्लो भागमा निर्माण कार्य भइरहेको अवस्थामा भवन भत्किएको हो । भग्नावशेषमा केही मानिस हराइरहेको हुन सक्ने प्रहरीले आशंका गरेको भारतीय साञ्चारमाध्यमहरूले जनाएका छन् ।
दुर्घटना भएको समयमा भवनमा ३५ परिवार रहेको प्रहरीको भनाइ छ । महाराष्ट्रका मुख्यमन्त्री पृथ्वीराज चौहान र उपमुख्यमन्त्री अजित पवारले आजै घटनास्थलको निरीक्षण गर्ने बताइएको छ । अवैधतवरले निर्माण गरिएको उक्त भवन हिजो (बिहीबार) साँझ करिब साढे ६ बजे भत्किएको थियो ।
![]() |





0 comments
Write Down Your Responses
Thanks for Your comment.