खोलियो हनुमान ढोका दरबारको ढुकुटी
काठमाडौँ, २२ चैत/ पुरातात्विक महत्त्व बोकेको राजधानीको हनुमान ढोका दरबारमा रहेको ढुकुटी आज खोलिएको छ ।
झन्डै सय वर्षपछि खोलिएको भण्डारखाल ढुकुटीबाट १५ वटा ठूला र सातवटा साना बाकस भेटिएको छ । बाकसमा सुन र चाँदी रहेको छ । यी गरगहनाको मूल्यांकन भने हुन बाँकी छ । भेटिएका सामानको सुरक्षा भने हनुमान ढोका सुरक्षार्थ खटिएको शार्दुलजंग गुल्मले गरिरहेको छ ।
सय वर्ष पुरानो उक्त ढुकुटी मक्किएर ढल्न लागेपछि सरकारले खोल्न निर्देशन दिएको हो । पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहाल नेतृत्वको टोलीलले ढुकुटी खोलेको हो । ढुकुटी खोल्न समितिले आचारसंहिता बनाएको थियो ।

![]() |

0 comments
Write Down Your Responses
Thanks for Your comment.