पछिल्ला सामग्री :
प्रचण्डले होस गुमाए : नेपाल

काठमाडौं/ नेकपा एमाले वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले होस गुमाएकाले जथाभावी बोल्दै हिँडेको बताएका छन् ।

प्रचण्डले हरेक कार्यक्रममा बोली फेर्ने गरेको भन्दै नेपालले यसबाटै उनको होस ठाउँमा नभएको स्पष्ट हुने टिप्पणी गरे । पूर्वप्रधानमन्त्री तथा एमालेका तत्कालीन अध्यक्ष मनमोहन अधिकारीको १५औँ स्मृति दिवसका अवसरमा राजधानीको इन्द्रायणीमा भएको कार्यक्रममा नेपालले भने, ‘कहीँ एमाले छैन भन्ने र कहीँ मैले त्यसो भन्न खोजेको हैन भन्नुको अर्थ के हो ?’

नेता नेपालले राजनीतिक संक्रमण जारी रहेकाले आन्दोलनभन्दा पनि वार्ताको माध्यमबाट अघि बढ्न नेकपा–माओवादीलगायतका आन्दोलनरत दललाई सुझाब दिए । 
IP

,

0 comments

Write Down Your Responses

Thanks for Your comment.