बुबाप्रति समर्पित
रमेश सिटौला,

पर्वको महत्वले सबैलाई थप उत्साह पैदा गरि क्रियाशिल बनाउन्छ । तर मलाई यस चैते दशैले शिथिलता र उदास बनाउने गर्दछ । २०५१ साल बैशाख २ गते चैते दशैको अन्तिम दिन पुर्णिमाको झिसमिसे बिहानै ६ वजे मेरो भविश्यको सपना देख्ने र भविश्यलाई उज्वल बनाउन हरक्षण प्रयास गर्ने अभिवावक पुजनिय बुबा ( मास्टर तुलसी राम सिटौला ) लाई म बाल्यअवस्थामा रहेको बेला नियतिले टपक्क टिपेर परलोक लग्यो । नियतिले चैते दशैलाई खुशीयाली सहित बिदा गर्न दिएन र मेरो भविश्यको मतलव नै गरेन ।
गत बुधबार बिहानै झापाबाट बृद्ध आमाको ( जिवा देबि सिटौला वर्ष ८० ) फोन आयो र हामी सबैको हालखबर सोध्नु भयो अनि अन्त्यमा बुबाको तिथि भोली हो,केही गर्न नसके पनि चोखोनितो गर्नु भन्नु भयो, आमाको शब्दले मलाई भावुक बनायो, बुबाले छाडेर जादा बनेको घाऊ बल्जियो र जिबित रहदा बुबाले समाज प्रति गरेको महत्वपूर्ण कार्यहरुको स्मरण गराई गर्वले आफ्नो छाती चौडा भएको आवास भयो अनी बुबाको रिक्ततामा उहााको भावना र सेवालाई जिबन्त राख्ने खालको आफुले काम गर्न नसकेकोमा आफै प्रति हिनता बोध भयो ।
आफ्नो सम्पूर्ण जीवन समाजसेवामा समर्पित गरी म अर्थात आफ्नो परिवार भन्दा पनि हामी र सबैले समान तरिकाले जिबन जिउन पाउनु पर्छ,भन्ने सर्वोपरीहितको भावनाले भरिएको सिद्धान्त लाई बोकेर जीबनलाई ब्यतित गर्नु भयो । बिषेश गरि भूमिहिन र सुकुम्बासीहरुको पक्षमा रहि उनीहरुको गाास,बास र कपासको लागि सर्घष गर्नु भयो । सर्वाहारा वर्गको नेतृत्व गरि कान्त्रिकारी बिचार फैलाउनु भएको भए पनि उहाा प्रजातन्त्रबादी सिद्धान्तमा आश्था राख्ने प्रखर ब्याक्ति हुनु हुन्थ्यो । मेरो बुबा अर्थात स्वर्गिय मास्टर तुलसीराम सिटौलाले समाज सुधार प्रति गरेका केही कुराहरु राख्न गैरहेको छु ।
सुदुर पुर्वको ताप्लेजुङ्ग जिल्लाको निघुरानि ३ मा हाम्रो घर थियो । ग्रामिण परिवेशको उच्च घरायसी खानदानमा हुर्केको भएता पनि समाजसेवी भावना र सर्वाहारा जिबन शैली बुबामा रहेको थियो । तत्कालिन एकतान्त्रिक शासन ब्यबस्था रहेको अवस्थामा शासकका दुध तानाशाहि बिचारधारा लिएका राक्षसहरुले राज गरेको बेला उनिहरु बिरुद्ध प्रतिकारको अभियान चाल्नु भएको थियो । बडा हाकिमको आशिर्वाद पाएर ग्रामिण ईलाकामा केही ब्याक्तिहरुले मोजमस्ति गर्ने चलन थियो । उनिहरुले जे गरे पनि गाऊका सोझ निमुखा र गरिब जनताहरु विवश भएर मुखदर्शक बन्नु पर्ने अवस्था थियो ।
गरिविको माझ दु:ख गरेर खेतबारीमा लगाएको अन्नबालि सबै शासकका स्थानिय दुधले लैजान्थ्ये, उनिहरुले जति छाड्थे त्यसैमा चित्त बुझाउनु पर्ने अवस्था थियो । शासकको दुधको रुपमा परिचित कट्टे प्रसाईले आठराईको निघुरादिन,फुलबारी,हाङपाङ,चागे लगाएतका क्षेत्रहरुमा राज गरेका थिए । गरिव निमुखा स्थानिय जनतालाई चुसेका थिए यति सम्मकी कट्टे प्रसाई घोडा चढेर हिड्ने क्रममा बाटोमा वा कसैको घरमा उसलाई कोही महिला राम्रो लाग्यो भने उसमाथि गिद्दे दृष्टि लगाउने स्थानियले छोरी,श्रीमति वा बुहारी जे भए पनि आफु बााच्नको लागि कट्टेलाई प्यास बुझाउन टक्र्याउनुु पर्ने यो सम्मको चरम अत्याचार फैलिएको अवस्थामा सर्वोपरिहित र गरिव निमुखा स्थानिय जनताको मुक्तिको लागि कट्टे भगाऊ अभियान शुरु गर्नु भयो । कट्टेले जनताको लुट्ने र बुबा ( मास्टर तुलसीराम ) र स्थानिय केही जनता मिलेर कट्टेको लुट्ने र सबैलाई बााडिदिने दोहोरि चल्यो ।
कट्टे घोडामा चढेर अत्याचारी केही दलबल सहित गाऊ पस्ने गथ्र्यो, स्थानियहरुको भागभाग र लुकाछिपि चलथ्यो । बुबा पनि केही स्थानिय सहित घोडामा सवार भएर गाऊ जानु हुन्थ्यो ,सबै जम्मा भएर खुशीको सास लिन्थ्ये र कट्टेको अत्याचारलाई अन्त्य गर्न अनुरोध गर्दथे । बुबाले आफ्नो ज्यानको समेत वास्ता नगरी कट्टे संग लडाई गरी उसलाई घुडा टेकाउनुु भएको थियो । कट्टेको दमनबाट स्थानियलाई छुटकारा दिलानु भएकोले बुबाको समाज प्रतिको स्नेह र साहसलाई आज सम्म बुढापाकाहरुले कदर गर्दछन् ।
नेपाल सरकारबाट तेह्थुम जिल्लाको सदरमुकाम म्याङ्गलुङमा दुई वर्ष बसेर घरेलु बिभाग अन्तर्गत कपडा बुनाई सम्बन्धि सिप स्थानियलाई सिकाउनु भएको थियो । आत्मर्निभरता र स्वोरोजगार बन्नु पर्छ र सामुहिक ब्यबसाय सञ्चालन गर्नुपर्छ भन्ने मान्यता बुबामा पाएको छु । पुरानो चलनका धागोका कपडा बुनाई तालिम दिने र अन्याय, अत्याचारको बिरुद्ध आवज उठाउने, न्यायको लागि कलम चलाउने भएको हुदाा उहाालाई मास्टरको उपाधि प्रदान गरिएको थियो ।
गाऊ घर र टाढा टाढाका क्षेत्रमा समेत घरायसी र गाऊको झै झगडा मिलाउन बुबालाई मानिसहरु बोलाउन आउने गथ्र्ये । आज सम्म हाम्रो पुर्खेउली घर भएको ठाऊ लाई मास्टर डाडा भनेर परिचित गराईन्छ । सबैलाई मान्यहुने खालको निसाफ दिने र सरल तरिकाले समस्याको समाधान गर्ने बिद्धताको कारण बुबाको नाम चारैतिर फैलिएको थियो जस्तो लाग्छ ।
२०२१ सालमा पहाड बाट तराई झापा झरेपछि पनि बुबाले आफ्नो समाजसेवा र अन्याय अत्याचार बिरुद्धको अभियानलाई निरन्तरता दिनु भयो । तत्कालिन बडाहाकिम सन्तबिर तामाङ्गको अत्याचार बिरुद्ध खरो रुपमा उत्रिनु भयो । बडाहाकिम सन्तबिरले झापाको दमकमा रहेको चियाबगान वरीवरिको क्षेत्रमा बसोवास गरिरहेका गरिव १२ सय भन्दा बढि घर परिवारलाई उनिहरुको जग्गा अधिक्रमण गरि स्थानियबासीलाई भुमिहिन सुकुम्बासी बनाई दियो ।
अत्याचारको बिरुद्धमा बुबाले सबै सुकुम्बासीहरुको नेतृत्व गरि मोरङ्गको उर्लाबारी देखि तल रहेको राजघाट गा.बि.स.को कुल झोडामा सरकारी जंगल लाई फडानी गरि बिस्तावित भएका सुकुम्बासीलाई बस्ति बसाउने कार्य गर्नु भयो । यस क्रममा पटक पटक गरि धेरै पल्ट सन्तबिरले बुबालाई जेलमा राख्यो । जेलको सजाय भोगेको बेला पनि बुबाले समाजसेवालाई निरञ्तरता दिनु भयो । कैदीहरुलाई कपडा बुनाईको तालिम दिनु भयो आय आर्जनको बाटो देखाउनु भयो । मलाई पनि याद छ, हाम्रो घरमा हामी सबै परिवार लाई लगाउने लुगा र ओढ्ने ओछ्याउने लुगाहरु बुबाले जेल बसेको बेला बनाएर पठाउने गर्नुहुन्थ्यो । आज सम्म आमाले सााचेर राख्नु भएको छ ।
पटक पटकको जेल जिबनमा बुबाले कैदीलाई गरिने दमन र अत्याचारको बिरुद्ध प्रशासनमा आवाज उठाउनु भो, खाना र बसाईको सहजताको लागि पहल गर्नु भयो । आफु नेता भएको हुदा प्रशासनले फरक खाले सुबिधा दिने गथ्र्यो तर बुबाले आफु जस्तै सबैलाई हुनु पर्ने भन्दै आमरण अन्सन समेत गर्नु भयो । बुबाको समाजप्रतिको गहिरो स्नेह देखेर शासक हरु समेत नतमस्तक भएको पाईन्छ ।
बुबाले जेल जिबनलाई सरल तरिकाले लिनु हुन्थ्यो र आफु जहाा भए पनि आफ्नो अभियानलाई सगै लैजाने भएको हुदाा तुलसीलाई जेल राख्नु भन्दा सम्झाई बुझाई छिटो घर फकाई दिनु भनेर तत्कालिन महेन्द्र सरकार बाट बक्स भएको थियो रे, पुर्व क्षेत्रको सरकारको भ्रमणमा जहिले पनि सरकार संग भेट गर्ने र जनतालाई भुमीमाथिको पहुाजबाट अलग राख्नु हुन्न सबै सुकुम्बासी जनतालाई जग्गाको ब्याबस्थापन गर्नु पर्छ भनेर जोडदार माग राख्नु हुन्थ्यो ।
हामीले भनेको मानेन भने पनि तुलसीलाई नर्मानु,सम्झाउनु र लोभ देखाएर सुकुमबासीहरुको साथ र समस्या लाई छाडेर पञ्चायतलाई सघाउन नेतृत्वमा आउन आग्रह गनु, भनेर महेन्द्र सरकारले बडाहाकिम सन्तबिरलाई भनेका थिए । सोही अनुरुप सन्तबिरले बुबालाई सरकारको तर्फबाट ब्याक्तिगत रुपमा प्रयोग गर्न झापाको दमकमा रहेको ७२ बिगाहामा लागेको चिया बगान,काठमाण्डौमा एक सुबिधासम्पन्न घर र धरानमा एक घर तिमीलाई दिनको लागि सरकार बाट बक्स भएको छ,तिमि सरकारको कुरालाई स्वीकार भनि प्रश्ताव लिएर आएका थिए । उत्तरमा बुबाले आफुलाई केही पनि नचाहिने तर चिया बगानको आसपास बाट बिस्तावित १२७२ घर परिवारलाई जीवन जिउनको लागि जग्गा उपलब्ध नगराए सम्म आफ्नो अभियानलाई नछाड्ने कुरा जानकारी गराउनु भएको थियो । यो घटना सुन्दा मलाई बुबाले समाज र गरिव जनता प्रति देखाएको त्याग सााचिनै महान र अनुकरणिय छ । ब्याक्तिगत स्वार्थ रतिभर देखिदैन ।
सरकारको लोभबाट प्रभावित नभैकन बुबाले बिस्ताबित सुकुम्बासीहरुको तर्फबाट आफुले नेतृत्व लिई सरकारको बिरुद्धमा अदालतमा मुद्धा दायर गर्नु भएको थियो । २०२६ सालको पञ्चायतको निर्वाचनमा सरकारको बिरुद्धमा स्वतन्त्र उमेद्धारको रुपमा लालटिन चिन्ह् सहित झापाबाट चुनावमा राष्ट्रिय पञ्चायतको सदस्यमा लड्नु भएको थियो । चुनावको परिणाम आफ्नो पक्षमा नआए पनि भारीमत मिलेको थियो ।
चुनावको परिणाम आए पछि पटक पटक राजा महेन्द्रले सुकुम्बासीको समस्याको लागि कुरा गर्न आफु संग भेट गर्न आउन सन्देश पठाउने र बुबाले सरकार सग भेट गर्न जाने क्रम जारिनै थियो । राजा महेन्द्रले आफ्नो सरकार बिरुद्ध अभियान चलाएता पनि सर्वोपरिहित अर्थात जनताको हितको महान सिद्धान्त बोकेकोले बुबालाई माया गरेको पाईन्छ पुर्वक्षेत्रको प्रत्येक भ्रमणमा बुबालाई भेट्ने र आफ्नो कुरा राख्ने अवशर मौकाको रुपमा दिन्थ्ये ।
सरकारले माया गर्ने भए पनि मतियारहरुले बुबालाई धेरै पटक हत्या गर्ने प्रयास गरे यसै क्रममा एक जना बुबाका शुभचिन्तक खरेल थरका ब्याक्तिको काटेर हत्या गरियो । बुबा चढ्ने घोडा लाई मारियो,सम्पक्ती खोसियो तर पनि तर पनि आफ्नो अभियानलाई छोड्नु भएन । यो अभियानलाई सञ्चालन गर्नको लागि आफ्नो सारा सम्पक्ति गुमाउनु भयो ।
हाम्रो परिवारको सामाजिक रुपमा उच्च प्रतिष्ठा भए पनि हामी आर्थिक रुपमा कमजोर हुदै जाने क्रम चल्यो । बुबाको यो अभियान जारीनै रहेको बेला अर्को कार्यलाई पनि थालनि गर्नु भयो सिटौलाहरुको वंशावली तयार गर्ने काममा जुट्नु भयो यस क्रममा आफ्नै खर्चमा नेपालका सबै अञ्चल प्राय सबै जिल्ला र छिमेकी राष्ट्रहरुको भ्रमण गरि सिटौलाहरुको खोज गर्नु भयो,विवरण संकलन गर्नु भयो ।
वंशावलीको अन्तिम चरणमा पुगेको बेला अचानक आफुले सम्पुर्ण जिबन लगाई लडिरहेको सुकुम्बासीको पक्ष र सरकारी बिरुद्ध आफु संग भएका सम्पूर्ण प्रमाण र कागजातहरु चोरी भयो भन्नु पर्दा चोरी गराईयो । यस पछि बुबा शिथिल हुनु भयो,चोरीको पिडाले बुबालाई असक्त बनाईदियो,मानसिक चोट लगायो । जेनतेन सिटौला वंशावलीलाई प्रकाशन गर्नु भयो । यहि चोटले ७४ वर्षको उमेरमा उहाालाई मृत्युको मुखतिर धकेल्यो ।
आज हामि संग उहााका कार्यहरुका स्मरण मात्र बााकी छ,कागजी रुपमा उहााले धेरै दु:ख गरेर संकलन गर्नु भएको सिटौला बंशावली छ । बुबाले चलाउनु भएको सुकुम्बासी आन्दोलन महत्व उच्च छ तर यसले हामीलाई आर्थिकरुपमा कमजोर बनायो साथ दिने मानिस कम भए उहाा सगै लागेका सुकुम्बासी नेता भनाउदाहरुले आर्थिक रुपमा उन्नति गरे स्वार्थ लुटे,सिटौला परिवार कमजोर भयो ।
बुबाले पुण्य कमाएको हुनाले आज उहि मास्टर तुलसीराम सिटौलाका सन्ततीहरुले आर्थिक रुपमा उन्नति गरेका छौ,झापा,भक्तपुर,ताप्लेजुङ्ग,बिराटनगर लगाएका ठाऊमा आर्थिक पहुाच पुगेको छ र छोरा नातीहरुले अमेरिकाको कोलोराडो राज्यमा समेत आफ्नो ब्यबसाय सञ्चालन गरि आर्थिक पहुाच बलियो भनाएको छ । यो पंक्तिकार कान्छो छोरा भएर १३ वर्ष देखि नेपालगञ्जमा बसेर काम गरिरहेको छ,मेरो बुझाईमा बुबाले समाज प्रति बोकेको बिचार धारालाई हाम्रो परिवारले बुझ्न सकेन,पारिवारि सदस्यहरु बुबाको आर्दशको पछि भन्दा पनि पैसाको पछि भागे जस्तो लागिरहेको छ । संसारको सबै भन्दा प्रिय ब्याक्ति भनेको आमा,बुबा हो, अभिवाकको आदर्शलाई लत्याउनु भनेको आफैलाई धोका दिनु हो, र म आज मेरो परिवार र सबै ब्याक्तिहरुलाई छापाको माध्यमबाट आफ्नो अभिवावकले गरेका सकारात्मक कामको स्मरण गरि आफु पनि केही हद सम्म भए पनि सोही आदर्श लिई दैनिक रुपमा क्रियाशिल रहन अनुरोध गर्दछु म पनि प्रयास गरिरहेको छु ।
![]() |
0 comments
Write Down Your Responses
Thanks for Your comment.