पछिल्ला सामग्री :
चार दशकपछि फेरि खरेलको ‘समुद्रपारि’

काठमाडौं/ साहित्यकार तथा चलचित्रकर्मी यादव खरेलको नियात्रासंग्रह ‘समुद्रपारि’ चार दशकपछि पुन: प्रकाशित भएको छ ।

शनिबार खरेलनिवास कुमारीगालमा आयोजित कार्यक्रममा नियात्राकार डा. तारानाथ शर्माले संग्रहको दोस्रो संस्करण सार्वजनिक गरे । कार्यक्रममा पुस्तकमाथि शर्मासहित समीक्षक हरि अधिकारी, नियात्राकार डा. निर्मोही व्यास र प्रतीक ढकालले समीक्षा गरेका थिए । खरेलले संग्रहमा बेलायतको ‘ब्रिटिस फिल्म इन्स्टिच्युट’अन्तर्गत चलचित्र निर्माण–निर्देशनसम्बन्धी डिप्लोमा अध्ययनमा संलग्न रहेको अवधिमा विभिन्न मितिमा गरिएका बेलायत, फ्रान्स र स्पेनजस्ता युरोपेली मुलुकको यात्राका क्रममा सिर्जना गरेका १० नियात्रा समेटेका छन् ।

संग्रहबारे टिप्पणी गर्दै यात्रा–साहित्यमा विद्यावारिधि गरेका साहित्यकार डा. निर्मोही व्यासले भने, ‘नियात्रामा यात्राकारको निजात्मकता, रागात्मकता र भावात्मकता आउनुपर्छ । पाठकलाई म लेखकसँगै डुल्दै छु भन्ने मीठो भ्रममा राख्न समर्थ हुनुपर्छ । संग्रहका नियात्रामा त्यो क्षमता छ ।’

त्यस्तै, साहित्यकार तथा समीक्षक हरि अधिकारीले नियात्रा लेखनका क्रममा खरेलले गरेको जीवन्त चित्रणले उनको सोधखोज र अनुसन्धानलाई पुष्टि गर्ने बताए ।  ०३१ सालमा प्रकाशित ‘समुद्रपारि’को दोस्रो संस्करण डिकुरा पब्लिकेसनले बजारमा ल्याएको हो ।
IP

,

0 comments

Write Down Your Responses

Thanks for Your comment.