पछिल्ला सामग्री :
हाकिमको फेसबुके साथी बन्न चाहन्नन् कर्मचारी

एक नयाँ अध्ययनले अधिकांश मानिस आफू कार्यरत कार्यालयको हाकिमसँग फेसबुकमा साथी बन्न नचाहने तथ्य बाहिर ल्याएको छ । अमेरिकामा गरिएको एक सर्भेक्षणअनुसार कमर्चारीहरू फेसबुकमा आफ्नो ‘बोस’सँग दूरी कायम गर्न चाहन्छन् अर्थात् फेसबुकमा हाकिमको फ्रेन्ड बन्न चाहन्नन् ।

सर्भेक्षणले ८१ प्रतिशतले आफ्नो बोससँग फेसबुके साथी बन्न नचाहने गरेको देखायो । सोडा हेड र युटेल फाउन्डेसन नामक वेबसाइटले गराएको सर्भेक्षणका क्रममा सयमा ८१ जना मानिसले आफूले फेसबुकमा आफ्नो हाकिमलाई ‘एड’ नगर्ने बताए ।
यो पनि हेर्नुहोस् ।

सर्भेक्षण २५ देखि ३४ वर्ष उमेर समूहका ७२२ जना मानिसमा गरिएको थियो । तर, हाकिमलाई एकचोटि फेसबुके साथी बनाइसकेपछि भने उनीहरू कसैले पनि फ्रेन्ड लिस्टबाट हटाउन चाहँदैनन् ।

सर्भेक्षणले अर्को रोचक तथ्य के पनि पत्ता लगाएको छ भने अधिकांश हाकिम आफू मातहतका कर्मचारीसँग फेसबुकमा साथी बन्न चाहन्छन् । सर्भेक्षणले ५५ प्रतिशत हाकिम आफ्ना सहयोगी कर्मचारीसँग फेसबुके साथी बन्न चाहने र ४५ प्रतिशतले भने आफू मातहतका कर्मचारीसँग फेसबुकमा जोडिन नचाहने गरेको देखाएको छ ।
IP

,

0 comments

Write Down Your Responses

Thanks for Your comment.