पछिल्ला सामग्री :
‘भोजपुर दर्पण’ प्रदर्शन

काठमाडौं/ भोजपुर जिल्लाका विभिन्न पक्षलाई समेटेर तयार गरिएको ‘भोजपुर दर्पण’ नामक वृत्तचित्र प्रदर्शन गरिएको छ ।

बुलु मुकारुङद्वारा निर्देशित तथा शशी लुमुम्बुद्वारा लिखित सो वृत्तचित्रमा भोजपुरको ऐतिहासिक, राजनीतिक, पर्यटन, धार्मिक तथा सांस्कृतिपक्षलगायत पक्षलाई समेटेर तयार गरिएको हो ।

भोजपुरे सेवा समाज काठमाडौँले आज यहाँ आयोजना गरेको कार्यक्रममा सो वृत्तचित्रको पूर्वमुख्यसचिव डा विमल कोइरालाले उद्घाटन गर्दै वृत्तचित्रले जिल्लाको विकास गर्नका लागि महत्वपूर्ण सहयोग पुग्ने बताउनुभयो ।

 
समाजका अध्यक्ष पासाङदोर्ची शेर्पाले भोजपुर जिल्लाको पर्यटन प्रवद्र्वन गर्ने उद्देश्यले सो वृत्तचित्र निर्माण गरिएको जानकारी दिनुभयो । अर्थ, उद्योग, वणिज्य तथा आपूर्तिमन्त्री शङ्करप्रसाद कोइरालाले जिल्लाको विकासका लागि रु १६ करोड बजेट छुट्टयाइएको सन्देश पठाउनुभएको थियो ।
IP

0 comments

Write Down Your Responses

Thanks for Your comment.