पछिल्ला सामग्री :
बाह्रसिंगेको संख्या वृद्धि

कञ्चनपुर/ शुक्लाफाँटा वन्यजन्तु आरक्षमा बाह्रसिंगेको सङ्ख्यामा गत वर्षको तुलनामा ३४५ ले वृद्धि भएको छ ।

अठारौं वन्यजन्तु सप्ताहको अवसरमा गरिएको गणनामा बाह्रसिंगेको संख्या गत वर्षको तुलनामा बढेर दुई हजार १७० पुगेको छ । टाउको गन्तीका आधारमा गरिएको गणनामा बाह्रसिङ्गेका भाले ५५०, पोथी एक हजार २८० र बच्चा ३८५ रहेको पाइएको आरक्ष कार्यालयका प्रमुख युवराज रेग्मीले बताउनुभयो । गत वर्षको गणनामा बाह्रसिङ्गेको सङ्ख्या एकहजार ८२५ थियो ।

घाँसे मैदानको व्यवस्थापन, बलियो सुरक्षा, चोरी शिकारी नियन्त्रण र खोरेत रोगको प्रकोप नभएकाले बाह्रसिङ्गेको सङ्ख्या बढेको प्रमुख रेग्मीले बताउनुभयो ।

विगतका वर्षहरूमा महाकाली नदीमा आउने बाढीले बाह्रसिङ्गे मर्ने समस्या थियो, आरक्ष कार्यालयका प्रमुख रेग्मीले भन्नुभयो, “यस वर्ष बाढीका कारण समेत बाह्रसिङ्गे नमरेकाले सङ्ख्यामा वृद्धि भएको हो ।” यही बैसाख २ गतेदेखि ४ गतेसम्म चारवटा हात्तीको सहयोगमा २५ जना प्राविधिकको टोलीले बाह्रसिङ्गे गणना गरेको थियो । रासस
IP

,

0 comments

Write Down Your Responses

Thanks for Your comment.