पछिल्ला सामग्री :
भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

काठमाडौं/ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज र भोलि बालबालिकालाई भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाउने कार्यक्रम सुरु गरेको छ ।

मन्त्रालयले बैसाख ६ र ७ गते (आज र भोलि) जन्मेको ६ महिनादेखि पाँच वर्षसम्मका करिब ३७ लाख बालबालिकालाई भिटामिन ‘ए’ र तीमध्ये एक वर्षदेखि पाँच वर्षसम्मका करिब ३४ लाख बालबालिकालाई जुकाको औषधि खुवाउने लक्ष्य राखेको छ ।

बालस्वास्थ्य महाशाखाका अनुसार औषधि खुवाउने कार्यका लागि ५३ हजार महिला स्वास्थ्य स्वयंसेविका परिचालन गरिएको जनाएको छ ।

सबै नगरपालिका तथा गाविसका हरेक वडामा तोकिएका केन्द्रमा ती औषधि खुवाउने व्यवस्था मिलाइएको छ । बाल मृत्युदुर घटाउन र भिटामिन ‘ए’ को कमीबाट हुने आँखासम्बन्धी रोग रोकथाम गर्न औषधि खुवाउने कार्य हुँदै आएको छ ।
IP

,

0 comments

Write Down Your Responses

Thanks for Your comment.