एसिसी टी–२० को उपाधि अफगानिस्तानलाई
काठमाडौं, २१ चैत/ अफगानिस्तानले
एसिसी टी–२० एलिट कप क्रिकेटको उपाधि लगातार चौथोपटक जितेको छ । घरेलु
टोली नेपाललाई ७ विकेटले हराउँदै अफगानिस्तानले उपाधि हात पारेको हो ।
अफागानिस्तानसँग पराजित भएपछि पहिलोपटक प्रतियोगिताको फाइनलमा पुगेको नेपाल उपविजेतामै सीमित बनेको छ । नेपालले दिएको १३६ रनको लक्ष्य अफगानिस्तानले १७ ओभर ५ बलमा ३ विकेटको क्षतिमा पूरा गर्यो ।
अफगानिस्तानका लागि गल्बादिन नैबले नटआउट सर्वाधिक ४३ रनको योगदान दिए । नेपालका कप्तान पारस खड्का र शक्ति गौचनले १–१ विकेट लिए पनि हार टार्न सकेनन् ।
यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभर खेल्दै ६ विकेटको क्षतिमा १३५ रनको मध्यम योगफल तयार पारेको थियो । सुरुआती खेलमा केही खस्किएको नेपालको पारी कप्तान पारस खड्का र विनोद भण्डारीको जोडीले उकासेको हो ।
नेपालका लागि कप्तान खड्काले ४ चौका र २ छक्काको मद्दतमा सर्वाधिक ५० रनको योगदान दिए भने विनोद भण्डारीले ३ चौका र १ छक्काको मद्दतमा ३२ रन जोडे । शरद भेषवाकरले नटआउट २० रन जोडे भने उपकप्तान ज्ञानेन्द्र मल्ल र सुवास खकुरेलले समान १०–१० रन बनाए । त्यस्तै पृथु बास्कोटा २ रनमा आउट भए भने प्रदीप ऐरीले पनि १ रन मात्र जोड्न सके ।
यसअघि आजै खेलमा हङकङलाई ३२ रनले पराजित गर्दै युएईले तेस्रो स्थान कब्जा गरेको छ । पुलचोक इन्जिनियरिङ क्याम्पसको क्रिकेट मैदानमा युएईले दिएको १६७ रनको लक्ष्य पछ्याएको हङकङ निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १३४ रनमा समेटिएपछि युएई तेस्रो स्थानमा रहन सफल भयो ।

![]() |

0 comments
Write Down Your Responses
Thanks for Your comment.