अब छोटो मिनिस्कर्ट लगाउन नपाइने
काठमाडौं/ उच्च
माध्यमिक तहका छात्रालाई छोटो मिनिस्कर्ट लगाउन प्रतिबन्ध लगाइने भएको छ ।
यसका लागि उच्च माध्यमिक तहका विद्यालय, विद्यार्थी तथा शिक्षकका लागि
आचारसंहिता सार्वजनिकसमेत गरिएको छ ।
राजधानीमा आज (बुधबार) एक कार्यक्रमको आयोजना गरी नेपाल सरकारबाट ०६९ असोज २८ गते निर्णय भई लागू भएको संहिता सार्वजनिक गरिएको हो । संहितामा विद्यालयमा लगाइने पोसाक, प्रयोग गरिने मोटरसाइकल तथा मोबाइलमा कडाइ गरिने उल्लेख छ ।
त्यस्तै विद्यालयको पोसाक लगाएर होटल, रेस्टुरेन्ट तथा अन्य स्थानमा समेत जान नपाइने सार्वजनिक गरिएको छ । उता कुनै पनि विद्यालयले देशका उच्च निकायमा रहेका व्यक्तिहरूलाई प्रयोग गरी विज्ञापन गर्न नपाउने भएका छन् ।
आचारसंहितामा विज्ञापन गर्दा अपनाउनुपर्ने दायरा, विद्यालयका होर्डिङबोर्ड हटाउनुपर्नेलगायतका विभिन्न ६३ बुँदा समेटिएको छ । कार्यक्रममा उच्च माध्यमिक शिक्षा परिषद् हिसानका अध्यक्ष उमेश श्रेष्ठ, प्याब्सनका अध्यक्ष बाबुराम पोख्रेललगायतले आचारसंहिता लागू गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए भने अभिभावक संघका अध्यक्ष शुप्रभात भण्डारीले कडाइका साथ लागू गर्नुपर्ने माग गर्नुभयो ।
Video Harna Yasma Click Garera Harnu hola.

![]() |

0 comments
Write Down Your Responses
Thanks for Your comment.