पछिल्ला सामग्री :
यस्तो छ विश्वको सबैभन्दा महँगो घर !

भारतीय अर्बपति मुकेश अम्बानीको मुम्बईस्थित २७ तले निवास एन्टिलिया विश्वकै महँगो घरको सूचीमा परेको छ ।

फोर्ब्सका अनुसार साढे २१ अर्ब डलर सम्पत्तिका मालिक मुकेशको घर चार लाख वर्गफिटमा फैलिएको छ । घर बनाउन अम्बानीले करिब दुई अर्ब डलर खर्च गरेका थिए ।

एन्टिलियाको छ तलामा पार्किङ छ । बलरुम, थियटर, बार, तीनवटा हेलिप्याड छन् । यसमा काम गर्न छ सय कर्मचारी खटाइएका छन् ।

छिमेकीले भने यो घरलाई सम्पत्तिको अभद्र प्रदर्शन भनेका छन् । केहीले सहरको सौन्दर्य नै बिगारेको आरोप लगाएका छन्।
IP

, ,

0 comments

Write Down Your Responses

Thanks for Your comment.