महासमितिमा फरक मत जाँदैन : सिटौला
काठमाडौं/ कांग्रेस महामन्त्री कृष्णप्रसाद सिटौलाले सोमबारबाट नवलपरासीमा सुरु हुने पार्टीको महासमिति बैठकमा केन्द्रीय कार्यसमितिका तर्फबाट कुनै पनि फरक मत प्रस्तुत नहुने बताएका छन् ।
शनिबार काठमाडौंमा आयोजित साक्षात्कारमा सिटौलाले भने, ‘महासमितिको बैठकमा हामी विवाद थन्क्याएर एकताबद्ध रूपमा प्रस्तुत हुनेछौँ ।’ महामन्त्री सिटौलाले विधान संशोधन, राजनीतिक प्रतिवेदन र सांगठनिक संरचनामा केही मतभेद रहे पनि त्यसलाई महासमितिको सुझाबका आधारमा १३औँ महाधिवेशनअघि संशोधन गरिने स्पष्ट पारे ।
केन्द्रीय कार्यसमितिको बैठकले महासमिति सदस्य र महाधिवेशन प्रतिनिधिलाई समेत पदाधिकारीमा नियुक्त गर्ने गरी विधान संशोधनको प्रस्तावलाई टुंग्याइएको पनि सिटौलाले जानकारी दिए । उनले आफूले सभापतिहरूको भेलाको सुझाबका आधारमा आमन्त्रित सदस्य चयन गर्ने अधिकार सभापतिलाई दिने प्रस्ताव राखेको भए पनि सो विषयमा सहमति हुन नसकेको बताए ।
महासमितिको बैठक संविधानसभाको आगामी चुनावमा केन्द्रित हुने र घोषणापत्र निर्माण, निर्वाचनमा संगठनको भूमिकालगायतको विषयमा ठोस निष्कर्ष निकालिने सिटौलाले बताए ।

![]() |

0 comments
Write Down Your Responses
Thanks for Your comment.