कांग्रेस बूढो गोरु : नेपाल
काठमाडौं/ नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले एमालेलाई बहुमत दिलाउन आग्रह गरेका छन् । कांग्रेसलाई बूढो गोरु र एकीकृत माओवादीलाई विश्वास गर्न नसकिने पार्टीको संज्ञा दिँदै नेपालले विश्वासिलो र भरपर्दो पार्टी एमाले मात्र भएको जिकिर गरे ।
काठमाडौं, क्षेत्र नम्बर–२ को क्षेत्रीय अधिवेशनलाई कोटेश्वरमा सम्बोधन गर्दै नेपालले निष्पक्ष र धाँधलीरहित निर्वाचन भए एमाले पहिलो पार्टी बन्ने दाबीसमेत गरे । त्यसका लागि कार्यकर्ता पंक्ति र शुभचिन्तकहरू अभियानमा होमिनुपर्नेमा उनले जोड दिए ।
‘एकीकृत माओवादी विश्वास नभएको पार्टी हो, उसले आफैँ सहमति गरेर आफैँ उल्लंघन गर्छ,’ नेपालले भने, ‘माओवादीले पहिलो संविधानसभा चुनावमा धेरै सिट ल्याएकैले संविधान नबनेको हो ।’ कांग्रेस बूढो गोरुजस्तै भएको भन्दै नेपालले उसबाट खेतीपाती गर्न नसकिने बताए । ‘कांग्रेस बूढो गोरुजस्तै हो, ऊसँग खेतीपातीको आशा गर्नु हुँदैन,’ नेपालले भने, ‘उसले न हलो बोक्न सक्छ, न खेतीपाती नै गर्न सक्छ ।’
कांग्रेसलाई माओवादीको पुच्छर भएको आरोपसमेत नेपालले लगाए । ‘माओवादीको अगाडि कांग्रेस लतारिन्छ,’ नेपालले भने, ‘अरूका अगाडि लम्पसार पर्ने पार्टीले कसरी संविधान लेख्छ ।’

![]() |

0 comments
Write Down Your Responses
Thanks for Your comment.